back
CTIZAN AD

यस्तो भयो नेसनल प्याब्सनको नेपाली भाषा ज्ञान प्रतियोगिता

वि.सं.२०७६ भदौ २१ शनिवार

1.3K 

shares

२१ भदौ, पोखरा । विज्ञहरू शब्द उच्चारण गर्थे, विद्यार्थीहरू त्यसको वर्णविन्यास अनुसारको हिज्जे उच्चारण गरिरहेका थिए । अर्को पटक फेरि शब्द सोधिन्थ्यो, विद्यार्थीहरू त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द जे पर्छ, त्यसैको उत्तर फटाफट दिएका हुन्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे । कतिबेला सबै समूहले सही उत्तर दिन्थे त कतिबेला कुनै समूहले पनि उत्तर मिलाउँदैनथे । वाक्यभित्रको शब्दमा रेखाङ्कन गरी त्यसको शब्दवर्ग छुट्याउन लगाइन्थ्यो, विद्यार्थीहरू एकछिन गम खान्थे, सोच्थे र उत्तर दिन्थे । जब प्रश्न खस्थ्यो, प्रतिस्पर्धी विद्यार्थीहरू खासखुस गर्न थाल्थे भने अन्य उपस्थितहरू निकै शान्तपूर्वक बसेका देखिन्थे । बिहान करिब १०ः०० बजेबाट सुरु भएको यो गतिविधि साँझ ६ः०० बजेसम्म पनि निरन्तर चलिरहेको थियो ।

यो दृश्य हो, नेसनल प्याब्सन कास्कीले आयोजना गरेको ‘प्रथम अन्तरविद्यालयस्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता–२०७६’ को । पछिल्लो समय नेपाली भाषाको भाषिक सीप सिकाइमा कठिनाइ उत्पन्न भएको यथार्थलाई मनन गरी नेसनल प्याब्सन कास्कीले यो कार्यक्रम आयोजना गरेको हो ।

हाजिरीजवाफको शैलीमा विद्यार्थीलाई वर्ण्विन्यासदेखि शब्द हुँदै वाक्य स्तरका ज्ञानका तहमा समेटी कार्यक्रमलाई विभिन्न चरणमा बाँडिएको थियो । उक्त चरणहरूमा हिज्जे चरण, पर्यायवाची÷विपरीतार्थी चरण, अन्ताक्षरी चरण, पदवर्ग चरण, कोठेपद चरण, अनुवाद चरण, अक्षरमिश्रित चरण, द्रुतगति चरण, सङ्केत चरण गरी कुल नौ चरणमा बाँडेर प्रतियोगितात्मक कार्यक्रम सम्पन्न गरिएको थियो ।

नेपाली भाषालाई केन्द्रमा राखेर यस प्रकारको वृहत् कार्यक्रम प्रतियोगिताका रूपमा सम्भवतः नेपालमै पहिलोपटक संस्थाले आयोजना गरेको दावी गर्दै नेसनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले निजी विद्यालयहरू नेपाली भाषामा कमजोर रहेको आरोप विलकुल निराधार रहेको बताए । विविध कार्यक्रममा सहभागिता, विद्यार्थीले प्राप्त गरेको प्राप्ताङ्क आदिका आधारमा मूल्याङ्कन गर्न चुनौती दिँदै भाषालाई संस्था अन्तर्गतका विद्यालयले स्थापनाकालदेखि नै विशेष जोड दिँदै आएको बताए । उनले हरेक विषयमा निजी विद्यालयहरू गुणस्तरीय शिक्षा दिनका लागि सधैँ मरिमेटेर लागेको बताए ।

संस्थामा विज्ञका रूपमा उपस्थित नेपाली भाषा शिक्षक परिषद्, कास्कीका अध्यक्ष डोलराज अर्यालले नेपाली भाषामा आधारित रहेर यस प्रकारको वृहत् कार्यक्रम नेपालमै पहिलो पटक आयोजना भएको बताए ।

कुल ३६ विद्यालय सहभागी भएको सो कार्यक्रममा एल्.पी. देवकोटा मेमोरियल स्कुलले प्रथम स्थान हासिल गर्न सफल भएको थियो । त्यसैगरी अञ्जुली आवासीय मा.वि. द्वितीय, सिद्धिविनायक बोर्डिङ स्कुल तृतीय र चिल्ड्रेन्स एकेडेमीले चतुर्थ स्थान प्राप्त गर्न सफल भएको कार्यक्रम संयोजक एवम् नेसनल प्याब्सनका सह–क्रियाकलाप संयोजक एवम् संस्थाका प्रथम उपाध्यक्ष शिवदत्त तिवारीले जानकारी दिए ।

भाषाका विविध आयामलाई समेटेर प्रतियोगिता सम्पन्न गर्ने जिम्मेवारी नेपाली भाषा शिक्षक परिषद् कास्कीले लिएको थियो । प्रतियोगितालाई भाषा विज्ञका रूपमा विज्ञहरू डोलराज अर्याल, बिक्रम पौडेल र डिल्लीराम अर्यालले सहजीकरण गरेका थिए ।

नेसनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीका अध्यक्ष रामबहादुर मोचीको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव मनकाजी गुरुङले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले गरेका थिए ।

वि.सं.२०७६ भदौ २१ शनिवार ११:०२ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...