मुस्किलसँग नडरा प्रयत्न गर प्रयत्न गर,
कदम रोक्न न दे,स्वयंलाई थाक्न न दे,
प्रयासले जो हार्छ, आँटले बिजय घोषित गर दे,
एक पाइलो नसार्नेलाई, नामर्द कायर भन दे,
बाधा अडचनमा चर्को घाम होइन छायाँ बन दे
मुश्किल सङ नडरा, प्रयत्न गर प्रयत्न गर,
आरम्भ गर सुरु नै नगरी निराश न बन दे,
आफै बिधान बन, भाग्यलाई पटक्कै दोष न दे
खुशी सबैको एउटै हो, उ हाँस्दा तगारो न बन दे
आफ्नो औकात आफै नाप, अरुलाई मौकै न दे,
मुश्किल सँग नडरा, प्रयत्न गर प्रयत्न गर,
कतै उज्यालो देखिनस ! तँ आफै मशाल बन दे,
सघर्षको युद्धमा सहिद होइन, आफै ढाल बन दे
कतै घाम भेटिनस ! आफै खुल्ला आकाश बन दे
आत्तिनु हुदैन बिपतमा पनि, धैर्यताको उडान भर दे
मुश्किल सँग नडरा, प्रयत्न गर प्रयत्न गर
कोशिषको राहमा आफूलाई भड्किन दे,
मन्जिल पक्कै मिल्छ,पाइला लड्खडाउन न दे,
हौसलाको समुद्रमा, गहिराइको मोती बन दे,
हिम्मत नै सबथोक हो, कायर त बन्दै न बन दे
मुश्किल सङ नडरा, प्रयत्न गर प्रयत्न गर,
फेरि हिम्मत राख, जनचेतनामा प्राण भर दे
दुखिको घाउको पट्टि बन, आफै मलम लगाइ दे,
अरुको मुख ताक्न छोड, ढिला नगर काम शुरु गर दे,
चरीले डालीमा बिरह गाउछ, सुनेर नबस राग थप दे ।
वि.सं.२०७६ भदौ २१ शनिवार ०९:३२ मा प्रकाशित






























