देश बनाउन सबै जुट्नु पर्छ
हो साथी ! अब उठ्नु पर्छ ।
न गोडि खेत अन्न फल्दैन
चुपलागि बसे उभो लाग्दैन
चामल बन्न धान कुट्नु पर्छ
हो साथी ! अब उठ्नु पर्छ ।
हाम्रै तराइ पहाड हिमाल
प्रकृतिको मनोहर नेपाल
वैमनस्य इर्ष्या टुट्नु पर्छ
हो साथी ! अब उठ्नु पर्छ ।
मिलिजुली मेची महाकाली
बनेर एक हामी सब नेपाली
घामपानी नभनि खट्नु पर्छ
हो साथी ! अब उठ्नु पर्छ ।
छन् सबैको रगत यो रातै
हृदय मिले त के हो जातै
कुरिति र विभेद हट्नु पर्छ
हो साथी ! अब उठ्नु पर्छ ।
देश बनाउन सबै जुट्नु पर्छ
हो साथी ! अब उठ्नु पर्छ ।
वि.सं.२०७६ भदौ २१ शनिवार ०९:२५ मा प्रकाशित






























