बाँच्नै कठीन भो, अझ देश भित्र
अशान्ति अन्योल,परिवेश भित्र
झाङ्गियो भन्छन्, ऐजेरू डलरको
नेपाली जाती, भाषा भेष भित्र
जोड्दै घटाउँदैमा, सबै सकियो
के होला बाँकी ,अव शेष भित्र
खै त मिलेन,समाधानअझै पनि
राजनीति रूपी, महा चेस भित्र
खोज्दैछ देश ,एक रूञ्चे हाँसो
पाइलै पिच्छेका, नयाँ ठेश भित्र
वि.सं.२०७६ भदौ २१ शनिवार ०९:२३ मा प्रकाशित





























