back
CTIZAN AD

लघुकथा : शिक्षासेवि हरिसर

वि.सं.२०७६ भदौ २१ शनिवार

885 

shares

“अव तपाईहरूले आफ्ना छोरा छोरीलाई राम्रो शिक्षादिन शहरका महंगा वोर्डिंग स्कुलमा लगिरहनु पर्दैन । मैले अव आफ्नो बाँकि जीवनलाई समाज सेवामा समर्पितगर्ने दृढ संकल्प लिएर शहरकोभन्दा स्तरिय पाठ्यक्रम राखेर संम्वन्धित विषयमा नै ख्यातिप्राप्त गरेका पुराना अनुभवि शिक्षकहरूको व्यवस्था गरेर एउटा नमुना वोर्डिंग स्कुल खोल्ने निर्णय लिएको छु । तपाईहरू निर्धक्क भएर आफ्ना नानीहरूको भविष्य उज्ज्वल बनाउने अवशर मलाई दिनुहोस् । “

हरिसरको यस्तो कुरा सुनेर गाउँका धेरै अभिभावकले आफ्ना नानीहरू भकाभकी हरिसरको स्कुलमा भर्नागर्न थाले । रामकृष्णले पनि शहरका स्कुलमा पढ्दैगरेका आफ्ना नानीहरूसमेत निकालेर हरिसरको स्कुलमा नाम लेखाएपछि त झन हरिसरको स्कुलको महिमाले चर्चाको सिखर चुम्यो ।

काम विषेशले रामकृष्ण शहर गएका थिए । पर सडकमा हरिसर आफ्नी श्रीमतीका साथमा दुईवटा नानीहरूसमेत लिएर हिड्दै गरेको देखियो । रामकृष्णलाई शहरमा आफ्नो गाँउको हरिसरलाई देख्दा हराएको वालकले बाबु भेटेजस्तै भयो । उनी दौड्दै हरिसरको नजिकमा पुगेर नमस्ते गर्दै भन्छन “ओ हो ! हरिसर हजुरहरू सपरिवार के कामले शहर आउनुभाथ्यो कुन्नि ?


“ए राम दाजु मेरा यी नानीहरू यही शहरमा उ त्यो पर देखिदैछ नि ? ठुलठुला विल्डिंगहरु ! हो त्यै स्कुलमा होष्टल बसेर पढ्छन् ,यो हाम्रो देशकै सबैभन्दा राम्रो पढाई हुने स्कुल हो । आजबाट ठण्डा छुट्टी भयो अनि छोराछोरी लिएर गाँउ फर्किदैछु“ हरिसरले निर्लज्ज यसो भनेको सुनेर रामकृष्ण ट्वाँ परेर के के सोचिरहेका थिए ।

वि.सं.२०७६ भदौ २१ शनिवार ०९:२१ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...