back
CTIZAN AD

कविता : कहिले ?

वि.सं.२०७६ भदौ २१ शनिवार

1K 

shares

रात भासिन्दै जाँदैछ
एउटा प्वाँल आकाशमा छेड़ पार्दै
अनि जिन्दगी झर्दैछ
तप तप तप्कना सरह

भारी वर्षा हुँदैछ
आमा घूम ओडेर
सपना चिहाउँदै हिड्दैछिन्
चियाको मुना मुनामा

तर थाकेका छैनन्
चियाका थुम्काहरू
अझै आलो रगतहरू माग्दैछ
जिन्दगी मक्काउँदै

सन्तान हुर्किन्दैछ
मौनताभित्र अन्धकार
एउटा लाभा उमाल्दै
छाता खोज्दै भविष्यको

अतृप्त तृष्णाहरू छन्
देशको सिमानाहरू
अझै आहुति खोज्दैछन्
हाम्रै रगतको होली चहान्छ

तर माटोको रंगमा हाम्रो नाम छैन्
बरू मेटिन्दैछ पैतालाका डामहरू
पखुरेहरू हाँस्न छोडेका छैनन्
यहाँ आफ्नै भाग्य मेटाउँदै

कहिले पलाउने बुद्धि बङ्गरा
अनि चन्द्रमा कहिले दाइने हुने
काकले कहिले छोड्ने हाँसको देखासिकी
अनि आमाको थाप्लोले न्याय पाउँने

वि.सं.२०७६ भदौ २१ शनिवार ०९:१८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...