back
CTIZAN AD

डेङ्गुविरुद्ध बाग्लुङमा चल्यो यस्तो अभियान

वि.सं.२०७६ भदौ २१ शनिवार

663 

shares

२१ भदौ, बाग्लुङ । डेङ्गुको सङ्क्रमण फैलन नदिन यहाँ ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन् ।

स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ । खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी खाली गरी सफाइ गरिएको थियो ।

“सचेतनामूलक प्रभातफेरीसँगै सम्भावित ठाउँको सरसफाइ पनि ग¥यौँ” स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ सुपरभाइजर देवप्रकाश घिमिरेले भने । निजामती सेवा दिवस–२०७६ मूल समारोह समितिले सचेतनामूलक कार्यक्रमको आयोजना गरेको हो ।

स्वास्थ्य कार्यालय, बागलुङ नगरपालिकालगायतका सङ्घसंस्थाले अभियानको संयोजन गरेका थिए । प्रभातफेरीमा निजामती कर्मचारीसहित, सेना, प्रहरी, सामाजिक अभियन्ता, स्वयंसेवक, पत्रकारलगायत सहभागी थिए । सो अवसरमा सर्वसाधारणलाई डेङ्गु रोगसम्बन्धी सन्देशमूलक पर्चासमेत वितरण गरिएको थियो । स्वास्थ्य कार्यालयले सदरमुकाममा ‘माइकिङ’ र सञ्चारमाध्यममार्फत सचेतना जगाउने काम पनि गरिरहेको छ । जोखिम रहेसम्म ‘खोज र नष्ट गर’ अभियानलाई निरन्तरता दिइनेछ ।

शुक्रबार नै गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालयको निर्देशनमा अस्पताल, स्वास्थ्यकर्मी, औषधि व्यवसायीबीच डेङ्गु नियन्त्रणका विषयमा छलफल भएको छ । शनिबार मजदुर र श्रमिकबीचमा डेङ्गु रोगसम्बन्धी सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्लाका १० स्थानीय तहले पनि डेङ्गुविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न शुरु गरेका छन् । स्वास्थ्य कार्यालयले डेङ्गुको शङ्का लागेमा तुरुन्त धवलागिरि अञ्चल अस्पतालमा जाँचको लागि आउन आग्रह गरेको छ । “शङ्कास्पद बिरामीलाई अल्झाएर नराखी तुरुन्त अञ्चल अस्पतालमा पठाउन अन्य स्वास्थ्य संस्थालाई पनि अनुरोध गरेका छौँ”, क्षयकुष्ठ सुपरभाइजर घिमिरेले भने ।

डेङ्गुको जाँच र उपचार सेवा अञ्चल अस्पतालमा मात्र उपलब्ध छ । अस्पतालका जनस्वास्थ्य अधिकृत रामप्रसाद खनालका अनुसार लक्षण देखिनासाथ डेङ्गुको जाँच गर्ने गरिएको छ । “जाँच र उपचारका लागि अस्पताल सधैँ तयारी अवस्थामा छ”, उनले भने । जाँचका लागि आएका एक जनामा डेङ्गुको सङ्क्रमण भेटिएको अस्पतालले जनाएको छ ।

काठेखोला गाउँपालिकाका २० वर्षीय युवा डेङ्गु रोगबाट सङ्क्रमित भएको जनाइएको छ । यस्तै बागलुङका अन्य दुई जना सङ्क्रमित व्यक्ति अहिले पोखरामा उपचाररत छन् । उनीहरु जिल्लाबाहिर रहेका बेला डेङ्गु पहिचान भएको थियो । जिल्लामै सङ्क्रमित भेटिएपछि डेङ्गुको जोखिम बढेको छ ।

“लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गु रोकथामको सबैभन्दा उत्तम विकल्प हो”, क्षयकुष्ठ सुपरभाइजर घिमिरेले भने “सर्वसाधारण स्वयं बढी सचेत हुन आवश्यक छ ।” स्वास्थ्य कार्यालयले लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर नराख्न, शरीर ढोक्ने गरी लुगा लगाउन सबैमा अनुरोध गरेको छ ।

डेङ्गु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । उक्त लामखट्टेले दिनमा मात्र टोक्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेङ्गुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेङ्गको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गरिन्छ ।

गत वैशाखमा सुनसरीको धरानमा देखिएको डेङ्गु अहिले ४२ भन्दा बढी जिल्लामा देखा परेका छन् । सरकारले डेङ्गु नियन्त्रणका लागि उच्च सतर्कता र सक्रियतासमेत बढाएको छ । रासस

वि.सं.२०७६ भदौ २१ शनिवार १२:५२ मा प्रकाशित

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...