back
CTIZAN AD

जनमोर्चाका जिल्ला अध्यक्ष नेकपामा प्रवेश

वि.सं.२०७६ भदौ २२ आइतवार

732 

shares

२२ भदौ, बैतडी । राष्ट्रिय जनमोर्चाका बैतडी जिल्ला अध्यक्ष अर्जुन मडै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । अध्यक्ष मडैसँगै जनमोर्चालगायत अन्य पार्टीका एक दर्जन बढी नेता\कार्यकर्ता पनि नेकपामा प्रवेश गरेका छन् ।

सुर्नया गाउँपालिकास्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा शनिबार उनीहरु नेकपा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्ने नवप्रवेशीलाई नेकपा केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इञ्चार्ज नरेन्द्र कुँवर (विजयसुन्दर)ले टीका लगाई स्वागत गरे ।

नेकपा केन्द्रीय सदस्य कुँवर, बैतडीबाट निर्वा्चित प्रदेशसभा सदस्यद्वय प्रेमप्रकाश भट्ट र लीलाधरको उपस्थितिमा सुर्नया गाउँपालिकामा अन्तक्र्रिया तथा पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो ।

नेकपाका सुर्नया गाउँपालिका कमिटी प्रस्तावित अध्यक्ष जगदीश कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरकारले गरिरहेका कामकाज तथा पार्टीको आगामी रणनीतिबारे छलफल गरिएको थियो ।रासस

वि.सं.२०७६ भदौ २२ आइतवार ०९:०० मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...