२३ भाद्र, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहिरा साह तेली घुस सहित पक्राउ परेका छन् ।
प्रहरी जवान तेलीले जिल्ला प्रहरी कार्यालय पर्साबाट कमसल आयुवेर्दिक औषधी दिएको भन्ने समेत टुङ्गिइसकेको उजुरी मिलाईदिने भनी बाहाना बनाई सेवाग्राहीसँग पटक पटक घुस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहिसँग रू ५ हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका तेलीको थप अनुसन्धान भईरहेको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ भदौ २३ सोमवार १७:१३ मा प्रकाशित




























