back
CTIZAN AD

ऐक्यवद्धताका पत्रकार वाग्ले सम्मानित

वि.सं.२०७६ भदौ २३ सोमवार

1K 

shares

२३ भदौ, झापा । ऐक्यवद्धता मासिक तथा संसार न्यूज डटकमका झापा सम्वाददाता पत्रकार अनिल वाग्ले सम्मानित भएका छन् ।

पत्रकारिता मार्फत सहकारी क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै होक्से कृषि सहकारी संस्था बुद्धशान्ति १ ले उनलाई सोमबार आप्mनो १० औं साधारण सभाको अवसर पारेर सम्मान गरेको हो ।

एक दशक अघि देखि पत्रकारिता क्षेत्रमा लागेका वाग्ले ऐक्यवद्धता मासिक तथा संसार न्यूज डटकमका सहित विभिन्न सञ्चारमाध्यममा आवद्ध छन् । झापाको पूर्वेली साप्ताहिकका सम्पादक समेत रहेका वाग्लेले ‘गुड न्यूज’ लाई प्राथमिकतामा राखेर पत्रकारिता गर्ने गरेका छन् ।
संस्थाका अध्यक्ष मोहन तिम्सिनाको सभापतित्व तथा झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुख आतिथ्यता तथा नेपाल डेरी व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष तथा ऋतिका डेरी उद्योगका संचालक राजन चिमरियाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा उनी सम्मानित भएका हुन् ।

सोहि कार्यक्रममा उत्कृष्ट ऋणीमा बालकुमार राई, उत्कृष्ठ शेयर सदस्यमा मेघनाथ कट्टेल, उत्कृष्ट कृषकमा केदारनाथ तिम्सिना, उत्कृष्ट समूह संयोजकमा सुम्निमा ढुंगेल, उत्कृष्ट बचत कर्तामा हाम्रो कल्याण कोष, उत्कृष्ट रिचार्ज कर्तामा भोगेन्द्र तिम्सिना, कक्षा ८ मा उत्कृष्ट अंक ल्याएर उतिर्ण हुनेमा त्रिभुवन माविका विजिता खाती र भिष्म रिजाललाई सम्मान गरिएको छ । त्यस्तै झापा जिल्ला सहकारी संघलाई पनि सम्मान गरिएको छ ।

संस्थाका उपाध्यक्ष गुरुभक्त घिमिरेले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशिष्ठ अतिथि चिमरिया, सम्मानित व्यक्तित्व वाग्ले, पशुसेवा शाखा बुद्धशान्तिका सूर्यमान तामाङ, जयपूर बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष घनश्याम भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका अध्यक्ष तिम्सिनाले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम व्यवस्थापक पर्शुराम नेपालले सञ्चालन गरेका थिए ।

वि.सं.२०७६ भदौ २३ सोमवार १९:२१ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...