back
CTIZAN AD

‘भारत दरवारलाई सवक सिकाउन चाहान्थ्यो’

वि.सं.२०७६ भदौ २६ बिहीवार

1.2K 

shares

प्रवासको राजनीतिमा लक्ष्मण पन्त परिचित नाम हो । पन्तको परिचय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य, अन्तर्राष्ट्रिय सम्वन्ध र नेपाल भारत कुटनीतिका विशिष्ट जानकारको रुपमा समेत रहेको छ ।

नेपाल–भारत सम्बन्धका कैयौँ पुस्तकका लेखक समेत रहेका पन्तको हालै ‘नेपाल–भारत र छिमेक’ पुस्तक प्रकाशित भएको छ । आफ्नो पुस्तकमा पन्तले नेपाल भारत सम्बन्धका विविध आयामहरूलाई चाख लाग्दो रुपमा उठाएका उनै पन्तसँग हामीले नेपाल भारत द्विपक्षीय सम्बन्धका बारेमा विविध कोणवाट कुरा गरेका छौँ । प्रस्तुत छ–पन्त सँग गरीएको कुराकानीको सम्पादीत अंश :

नेपाल र भारत सम्बन्ध अहिले कस्तो अवस्थामा रहेको पाउनु हुन्छ ?
यो सबैभन्दा बढि सोधिने र वास्तविक उत्तर कहिल्यै नआउने प्रश्न भएको छ । सिमाना खुल्ला छ । भारत–चीनसँग जहिल्यै शंकाको सम्बन्धमा रहेको छ । हामी खुल्ला सिमाना मार्फत् चीन र भारतको बिचमा सुरक्षा गार्ड बनेर बसेका छौँ । भारत– पाकिस्तान सिमामा भारतले प्रति कि.मी १ करोड डलर खर्च गरेर सीमा सुरक्षा गरेको छ । यता नेपालले मुफतमा चीनसँगको भारतीय सीमा रोकेर बसेको छ । यसवापत नेपालले केहि पाएको छैन । वरु जहिल्यै बजार, सुरक्षा र पानीको नामबाट भारतले नेपालमाथि दवाव राखिरहेकै छ । यति भनेपछि बुझ्नुस् नेपाल भारत सम्बन्ध कस्तो रहेको छ भनेर ।

तपाईको आशय भारतको नेपालमाथि सुरक्षा चासो व्यापक छ भन्ने हो ?
हा,े भारतको चासो मुख्यत सुरक्षामा छ र उ चाहान्छ नेपाल सधैँ भारतको सुरक्षा छाता भित्र रहोस् । तर भारतको चासो यत्ति मात्रै होइन । नेपाल भारतको ठूलो बजार पनि हो । यो बजार पनि भारतले गुमाउन चाहाँदैन ।
यसबाहेक नेपालको पानीमाथि भारतले धेरै पहिल्यै देखी चासो राख्दै आएको छ । बजार, सुरक्षा र पानीमाथि नियन्त्रण कायम गर्न उसले हामीमाथि सधै दवाव दिँदै आएको छ ।

एउटा सार्वभौम सत्ता सम्पन्न राष्ट्रले सधैँ दवावमै रहेर काम गर्नुपर्ने हो र ?
यो महत्वपूर्ण प्रश्न हो । नेपाल एउटा सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो । तर नेपालको प्रजातान्त्रिक आन्दोलनलाई सहयोग गरेको ब्याजमा हामीले हाम्रो सार्वभौमसत्ताको हैसीयतमाथि खेलवाड गरेको छौँ । यो पटक–पटक दोहोरिएको छ । २००७ सालमा राणासाही विरुद्ध भएको आन्दोलनको परीणाम हेर्नुहोस् त्यहाँ पनि भारतले प्रजातन्त्रका नाममा दिएको साथको मूल्य हामीले राम्ररी चुकाएका छौँ । ०४७ सालको सहयोगको मूल्य पनि ठूलै परेको हामीले भोगेकै हौँ । ०६२ सालको आन्दोलनमा हामीले खोजेको भारतको साथको मूल्य कति चुकाउनु पर्ने हो अहिल्यै अनुमान लगाउनु अलि छिटो होला ।

यसको अर्थ भारत नेपालमाथि अझै थिचोमीचो गर्ने मुडमा छ ?
यो अहिले देखीको रोग होइन । सुगौली सन्धीको जगमा टेकेर भारतले नेपालमाथि हस्तक्षेप बढाइरहेको छ । विगतमा सुगौली सन्धिपछि पनि रानी साम्राज्यलक्ष्मीले इस्ट इन्डिया कम्पनीसँग अझै लड्ने र गुमेको भूमी फिर्ता ल्याउने प्रयास गरेकी थिइन् । तर दरवार भित्रकी अर्की रानी राज्यलक्ष्मीको इस्ट इन्डीया कम्पनी परस्त नीतिका कारण यो संभव भएन । र इस्ट इन्डिया कम्पनीले हाम्रो दरवारमा हुने किचलोबाट फाइदा उठाइरह्यो । ००७ सालसम्म यसको परीमाण कम थियो । त्यसपछि त यो ह्वात्तै बढ्यो ।

हामीले हाम्रो साँचो कुचो बलियो नवनाउने अनि सँगीलाई दोष लगाएर हुन्छ त ?
तपाइले उठाएको जिज्ञासा एकदमै ठिक हो । तर शक्तिशाली चोरलाई चावी लगाएर पनि नियन्त्रण गर्न नसकीने रहेछ । चोर बलियो भए साँचो पनि फुटाउदो रहेछ ।

साँचो फुटाउने अवसर हामीले नै दिएको होइन र ?
००७ सालमा दिल्लीमा बसेर सम्झौता गर्नु, ०४६ सालमा देशमा नाकावन्दी लगाइरहेको शक्तिको आड लिएर आन्दोलन गर्नु, ०६२ मा दिल्लीमै बसेर सीसाकलमले सम्झौता ड्राफ्ट गर्नु हाम्रो महान भूल थियो तर यो भूलबाट हामीले कहिल्यै सवक लिएनौ ।

इतिहासमा कमजोरी हुन सक्छन् । त्यस्ता कमजोरीबाट शिक्षा लिएर कमजोरी दोहो¥याउन नहुने हो । तर हामीले इतिहास दोहो¥याई रह्यौँ । बरु तत्कालीन राजा महेन्द्रले सन्तुलन कायम गर्ने नीति लिएका थिए । विरेन्द्र भारतसँग भन्दा बरु नेपाली जनतासँग झुक्न तयार भए । तर हाम्रा प्रजातान्त्रिक नेताहरुले यो सवक सिक्न चाहेनन् ।

त्यसो भए राजा राष्ट्रवादी र दलका नेताहरू बढी भारत परस्त देखिएका हुन् ?
यो समयको कसीले प्रमाणीत गरेको सत्य हो । नेपालमा ००७ देखी ०१७ सम्म सबैभन्दा बढि भारतीय हस्तक्षेप रह्यो । ०४७ मा भारतीय दुत एक के सिंहमार्फत् भारतले पठाएको ड्राफ्ट नमान्दा भारतले विरेन्द्रलाई सवक सिकाउने कसम खायो । ०६३ पनि यस्तै देखियो ।

अनि यसबाट हामीले के पायौँ ?
प्रजातान्त्रिक आन्दोलनमा भारतले गरेको साथको बदलामा हामीले हाम्रो राष्ट्रियता गुमायौँ । देशकै आन्तरीक मामलामा विदेशी हस्तक्षेप निम्तायौँ । यसभन्दा अरु केहि पाएनौ ।

वि.सं.२०७६ भदौ २६ बिहीवार १६:०० मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...