back
CTIZAN AD

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

वि.सं.२०७३ मंसिर १२ आइतवार

843 

shares

१२ मङ्सिर, उर्लाबारी (मोरङ)। मोरङको कोसीहरैँचामा बसको ठक्करबाट गएराति मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम नगरपालिका–८ का २४ वर्षीय महेश विक रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।

कोसीहरैँचा–१ स्थित केराबारी–खोसार्ने सडकखण्डमा को१ख १४३६ नंको बसले को२७प ३७७२ नंको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएका विकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा गएराति नै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मृतकका ठूलोबुबा सोही ठाउँका ६० वर्षीय गोविन्द विक गम्भीर घाइते भएका छन् । उनकोे विरानगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:४५ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...