back
CTIZAN AD

एक हजार बालबालिकाको मुटु परीक्षण, १० जनामा जटिल समस्या

वि.सं.२०७३ मंसिर १२ आइतवार

840 

shares

 १२ मङ्सिर, सोलुखुम्बु   । नेपाल हृदयरोग केन्द्र निवारण प्रतिष्ठानले सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा शनिबार आयोजना गरेको मुटु परीक्षण कार्यक्रममा एक हजार ५१ जना बालबालिकाको मुटु परीक्षण गरिएको छ ।

पन्ध्र वर्षमुनिका बालबालिकालाई लक्षित गरिएको सो शिविरमा परीक्षण गराएकामध्ये १० जना बालबालिकाको मुटुको शल्यक्रिया गर्नुपर्ने अवस्था पहिचान भएको मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले जानकारी दिनुभयो ।

यसैबीच नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मेची–महाकाली राष्ट्रिय मुटु सचेतना अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले सोलुखुम्बुको सल्लेरीमा छैठौँ अर्धवार्षिकी सभामार्फत घोषणापत्र जारी गर्दै मुटु सचेतना अभियान सञ्चालन गर्ने जनाएको छ । १८ जिल्लाका प्रतिनिधि सम्मिलित सभामा जिल्लागत प्रगतिको समेत समिक्षा गरिएको थियो । रासस

वि.सं.२०७३ मंसिर १२ आइतवार ०३:४९ मा प्रकाशित

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

दाङ । यात्रीलाई बासी खाना खुवाउने देउखुरी क्षेत्रमा रहेको एक...

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...