back
CTIZAN AD

१० औं निःशुल्क आँखा शिविर सम्पन्न

वि.सं.२०७३ मंसिर १२ आइतवार

1K 

shares

facebook1-2-1

१२ मंसिर,इटहरी । मोरङ सुनसरी सेवा समाज नेपालको आयोजनामा १० औं आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ ।
शनिबार मोरङको खाबेझोडामा सम्पन्न सो निःशुल्क आँखा शिविरबाट २ सय ७० जना आँखा रोगीहरु लाभान्वित भएका छन् भने ३३ जनाको निःशुल्क शल्यक्रिया हुने भएको छ । शल्यक्रियाका संवेदनशिल अवस्थामा रहेका १६ जना रोगीलाई विराटनगरस्थित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानमा पु¥याएको छ भने बाँकीलाई केही दिनमा लगिने अस्पतालले जनाएको छ ।
अन्धोपन निवारणका निम्ति मोरङसुनसरी सेवा समाज नेपालको आयोजकत्व तथा मोरङसुनसरी सेवा समाज कुवेतको स्थानीय आयोजकत्व तथा व्यवस्थापनर गोल्छा आँखा अस्पताल विराटनगरको सञ्चालन सहयोगमास्थानीय विद्यालय वक्राहा माध्यमिक विद्यालयमा सो आँखा शिविर सम्पन्न भएको हो । विगत वर्षदेखि लगातार गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा मोरङसुनसरी सेवा समाजले जनमुखी स्वास्थ्य कार्यक्रमअन्धोपन निवारणमा सहयोग पु¥याउँदै आएको छ ।
सो शिविरको सहयोगी संस्थाको रुपमा धप्पड सामुदायिक विकास युवा क्लब, बक्राहा माध्यमिक विद्यालय सञ्चालक समिति, नवदीप युवा क्लब मधुमल्ला र मधुमल्ला सेवा समाज कतार रहेका थिए । स्थानीय बुद्धिजीवि तथा युवाहरुको उत्साहजनक सहभागिता रहेको सो कार्यक्रमको उद्घाटन सत्रको सभापतित्व सहयोगी संस्था धप्पड सामुदायिक युवा विकास क्लबका अध्यक्ष दुर्गा दाहालले गरेका थिए भने मधुमल्ला गाविसका प्रमुख श्री चन्द्र प्रसाद पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो । मोरङसुनसरी सेवा समाज नेपालका अध्यक्ष श्री बद्री प्रसाद बिमलीको विशेष अतिथ्यता रहेको सो कार्यक्रममा स्थानीय संघसंस्था, राजनीतिक पार्टीका प्रतिनिधि, बुद्धिजीवि, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो आँखा शिविरलाई सहयोग पु¥याउन बिहानैदेखि स्थानीय आँखाका रोगीहरुको बाक्लो उपस्थिति रहेको थियो । सो कार्यक्रममा मोरङसुनसरी सेवा समाज नेपालका उपाध्यक्ष तथा आँखा शिविर संयोजक रामनाथ भण्डारी, मोसु नेपालका सल्लाहकार संयोजक गोकुलबहादुर थापा, अत्यन्तै ठुलो योगदान पु¥याउनु भएका मोसु कुवेतका महासचिव उमेश फुयाल, रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका अपरेशन इन्चार्ज सिपी आचार्य,रेडक्रस सोसाइटी मधुमल्ला संयोजक कर्ण विष्टलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित संघसंस्थाका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो ।
मोसु कुवेतका महासचिव उमेश फुयालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम कमल मिश्रले सञ्चालन गरेका थिए । सो कार्यक्रममा मोसु नेपालका सल्लाहकार संयोजक गोकुल बहादुर थापा, प्रमुख अतिथि चन्द्र प्रसाद पराजुलीलगायत विभिन्न संस्थाका प्रतिनिधिहरुले कार्यक्रमका विषयमा बोलेका थिए । आयोजक संस्था मोरङसुनरी सेवा समाजको तर्फबाट पनि पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको बाक्लो उपस्थितिले कार्यक्रममा भरमग्दुर सहयोग पुगेको थियो ।

वि.सं.२०७३ मंसिर १२ आइतवार ०५:३२ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...