२ असोज, काठमाडौँ । काठमाडौँ म्हेपीमा अवस्थित प्रेसीयस नेशनल कलेज र दक्षीण कोरीयाको इन्चवन विष्वविध्यालयविच कोरीयन भाषा एवं अन्य शैक्षिक कार्यक्रमहरुमा सहकार्य गर्ने सम्भौता सम्पन्न भएको छ ।
इन्चवन विश्वविद्यालयका तर्फबाट डिन लि साङ युन र प्रेसीयस नेशनल कलेजका तर्फबाट प्रिन्सीपल गोपीराज पराजुलीले सम्झौतामा हस्ताक्षर गरेका थीए ।
“यो एउटा शुरुवात मात्र हो । हामी विभिन्न क्षेत्रमा प्रेसियससँग सहकार्य गरेर अगाडी बढ्ने छौँ ” कार्यक्रमलाई सम्वोेधन गर्दै डिन साङ युन ले भने । कार्यक्रममा डिन साङ युनले “विभिन्न क्षेत्रमा सफल एवंम जिम्मेवार नागरिक निर्माण गर्दै राष्ट्रिय शिक्षामा योगदान गरीरहेको प्रेसियस अब एक कदम अगाडी बढेको बताए ।
डिन साङ युनले अनुभवहरु आदान प्रदान गर्दै सहकार्य गरेर अगाडी बढ्ने बताएको प्रिन्सीपल पराजुलीले बताए । कार्यक्रममा पे्रसियसको तर्फबाट कोरीयाबाट आएका पाहुनाहरुलाई मायाको चिनो प्रदान गरिएको पराजुलिले जानकारी दिए ।
वि.सं.२०७६ असोज २ बिहीवार १३:४२ मा प्रकाशित




























