back
CTIZAN AD

आजका सेयर बजार पुनः ओरालो तर्फ, कसले कति गुमाए त ?

वि.सं.२०७६ असोज २ बिहीवार

693 

shares

२ असोज, काठमाडौँ । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अङ्कले घटेर २५२ दशमलव २१ मा झरेको छ । स्टकका अनुसार आज कूल १६६ कम्पनीको १२ लाख २४ हजार ५७२ कित्ता शेयर रु ३९ करोड ९९ लाख ३० हजार ८७१ मा खरीद बिक्री भयो ।

कारोवार भएका १२ उपसमूहमध्ये दुई उपसमूहको मात्र शेयर बढेको छ । व्यापार २ दशमलव ३७ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य दुईले बढ्दा बैंकिङ १४ दशमलव ७९, होटल ४८ दशमलव ९३, विकास बैंक ११ दशमलव ७८, जलविद्युत् १३ दशमलव २२, वित्त शून्य दशमलव ६९, निर्जीवन बीमा १०५ दशमलव ३२, उत्पादन ४४ दशमलव १२, अन्य १८ दशमलव २४, लघुवित्त १२ दशमलव ५६, जीवन बीमा १०५ दशमलव ६ अङ्कले घटेकोे छ ।

कारोवार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु पाँच करोड २४ लाख ६२ हजार ५७१ मा खरीद बिक्री भयो । त्यस्तै प्रभू बैंक रु दुई करोड ६७ लाख १५ हजार ७१७, सिद्धार्थ बैंक रु एक करोड ८१ लाख ८० हजार ३८५, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु एक करोड ७३ लाख ९८ हजार ९४६, नेपाल बैङ्क रु एक करोड ६५ लाख ६० हजार २०४ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर रु एक करोड ५२ लाख ७४ हजार ६३६ मा खरीद बिक्री भए ।

परिसूचक घटे पनि समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतले कमाए । त्यस्तै एक्सेल डेभलपमेन्ट बैंक ७ दशमलव २२, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ५ दशमलव ७६, आँखुखोला जलविद्युत् कम्पनी ५ दशमलव ३६, नवील इक्विटी फण्ड ३ दशमलव ८० र मन्जुश्री फाइनान्सका शेयरधनीले ३ दशमलव २३ प्रतिशतले कमाए ।

गुराँस लघुवित्त वित्तीय संस्थाको लगानीकर्ताले ८ दशमलव ४६ प्रतिशतले गुमाउँदा स्पर्स लघुवित्त वित्तीय संस्था ८ दशमलव १३, नेपाल इन्स्योरेन्स कम्पनी ७ दशमलव २१, सूर्यलाइफ इन्स्योरेन्स कम्पनी ६ दशमलव १० र अरुण काबेली पावर लिमिटेडका शेयरधनीले ५ दशमलव ६७ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ असोज २ बिहीवार १६:३४ मा प्रकाशित

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

विदेशी पर्यटकको बढ्दो आगमनसँगै बढ्दैछन् तारे होटल र रिसोर्ट

अच्युत रेग्मी, काठमाडौ । नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...