back
CTIZAN AD

स्पेनका एकराज गिरीद्धारा एनआरएनए युरोप संयोजकमा उम्मेदवारी घोषणा

वि.सं.२०७६ असोज २ बिहीवार

963 

shares

२ असोज, स्पेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप संयोजकमा स्पेनबाट एकराज गिरीले उम्मेदवारी घोषणा गरेका छन् ।

अक्टोबर १५ देखि १७ सम्म आयोजना हुने एनआरएनएको नवौं सम्मेलनका लागि स्पेनमा रहेका गिरीले २०१९–२०२१ का लागि युरोप संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए युरोप उपसंयोजक रहेर एनआरएनएमा सक्रिय भूमिका निभाएका गिरी २०१३ देखि २०१५ मा एनआरएनए स्पेनको अध्यक्ष, २०१५ देखि २०१७ सम्म संघको केन्द्रीय सदस्य, स्पेनका लागि नेपाल सरकारका पर्यटनदूत तथा संघअन्तर्गत विभिन्न कार्यदलमा रहेर संघमा सक्रिय भूमिका निभाएका छन् । गिरीले २०७२ को भूकम्कपका बेला मातृभूमिका लागि सक्रिय भूमिका निभाउँदै स्पेनबाट सवा करोड रुपैयाँ संकलन गरेर पठाउन नेतृत्वदायी भूमिका खेलेका थिए ।

त्यस्तै गिरीले स्पेनको म्याड्रिड नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच ऐतिहासिक सम्झौता, चर्चित फुटवल क्लव एथ्लेटिकको म्याड्रिड र वेष्ट काठमाण्डौं क्लवबीच सहयोग सम्झौताका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्छ । साथै उनले लुम्बिनी गार्डेन फाउन्डेशनको अवधारण समेत अगाडि सारेका थिए ।

इटालीको रोममा आयोजित एनआरएनए युरोप क्षेत्रिय बैठकलाई सम्बोधन गर्दै गिरीले म्याड्रिडमा निर्माण हुने लुम्बिनी गार्डेनको महत्वकांक्षी योजनाका बारेमा बताएका थिए । उनले लुम्बिनी नगरपालिका, म्याड्रिड नगरपालिका, साइल्पा फाउन्डेशन, एनआरएनए आइसिसि, बुद्धिष्ट फेडरेशन स्पेन, बुद्ध लुम्बिनी ग्रुपको संयुक्त प्रयासमा अरबौंको लगानीमा उक्त प्रोजेक्ट अघि बढाउन लागिएको पनि जानकारी दिएका थिए ।

एनआरएनए लगायत स्पेनमा रहेका विभिन्न नेपाली संघसंस्थामा रहेर सामाजिकका काममा सक्रिय रहँदै आएका गिरीले   आफुलाई सहयोग र समर्थन गर्न युरोपवासी नेपाली समक्ष अनुरोध गरेका छन् ।

वि.सं.२०७६ असोज २ बिहीवार १६:२७ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...