back
CTIZAN AD

राज्य बलियो बनाउने अभियानमा सामेल हुन मुख्यमन्त्री पोखरेलको आग्रह

वि.सं.२०७६ असोज ३ शुक्रवार

699 

shares

२ असोज, काठमाडौँ । मुख्यमन्त्री शङ्कर पोखरेलले वर्तमान संविधानले जनतालाई अधिकार सम्पन्न बनाएको बताएका छन् । उनले जनतालाई अधिकार सम्पन्न बनाएको संविधानलाई व्यवहारमा लागू गर्न राज्यलाई नै बलियो बनाउनुपर्ने बताए ।

संविधान दिवसका अवसरमा आज बुटवलमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले राज्य बलियो नभएसम्म जनता बलियो हुन नसक्ने र अधिकार पनि पूर्ण हुन नसक्ने भएकाले राज्य बलियो बनाउने अभियानमा सामेल हुन सबैमा आग्रह गरे ।

उनले संविधानमा सबैका आकाङ्क्षालाई समेट्न नसकिए पनि मौलिक दृष्टिकोण र जनअधिकार सम्पन्नताका हिसाबले संविधानसभाबाट निर्माण भएको नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले संविधानसभाबाट संविधान जारी भएपछि विकास र समृद्धिको साझा सङ्कल्पसहित मुलुक तीव्र विकासको गतिबाट अगाडि बढेको बताए । उनले त्यसको उदाहरण मुलुकको कूल गार्हस्थ्य उत्पादन वृद्धिबाट नै स्पष्ट नतिजा देखापरेको छ भने ।

उनले दोहोरो अङ्कको विकास लक्ष्य हासिल गर्ने कार्यमा प्रदेश नं ५ लाई अग्रस्थानमा पु¥याउने दृढताका साथ प्रदेश सरकार अगाडि बढेको बताउँदै बजेट कार्यान्वयन, कानून निर्माण, आर्थिक वृद्धिदर कायम गर्ने, राजश्व सङ्कलनलगायतमा समेत प्रदेश अग्रस्थानमा रहेको बताए ।

मुख्यमन्त्री पोखरेलले सङ्घीयतामा राज्यको प्रशासनिक खर्च बढी भए पनि यसले आम जनतालाई भने कम खर्चिलो भएको, सुविधा प्रदान गरेको साथै रोजगारीको अवसरसमेत सिर्जना गरेको बताए । उनले सङ्घीयताकै कारण नेपाली जनता अधिकार सम्पन्न भएको तर समाजमा परिवर्तन नचाहनेले सङ्घीयता विषयमा गलत भ्रम सिर्जना गरेर जनतालाई निरास बनाउन खोजिरहेको बताउँदै भने, “नेपाली समाजलाई पछाडि धकेल्ने प्रयत्न स्वीकार्य छैन ।”

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार स्थापना भएको दुई वर्षको अवधिमा सङ्घीयताको फाउन्डेशन तयार गरेर महत्वपूर्ण कानून निर्माण गर्न सफल भएको बताउँदै प्रदेश सरकार अब यसैका माध्यमबाट जनताका अधिकार व्यवहारमा लागू गर्ने काममा अघि बढेको बताए ।

संविधान दिवसका अवसरमा यसअघि बुटवलको राजमार्ग चौराहाबाट विभिन्न वेषभूषासहितका विभिन्न जातजाति समुदायका परम्परा संस्कृति झल्किने झाँकी र बाजागाजा सहितको ¥याली बुटवल मण्डपमा पुगेर मूल समारोहमा परिणत भएको थियो । झाँँकीमा सहभागिता रहेकामध्ये १० वटा समूहलाई पुरस्कृत भएका छन् । झाँकी समूहमध्ये रुपन्देहीको तिलोत्तमा नेवाः समूह बुटवल–३ प्रथम भई रु ४० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

यस्तै कालिका मानव ज्ञान माध्यमिक विद्यालय बुटवल र पद्यम चैत्य विहार बुटवल–१ द्वितीय स्थान हासिल गर्न सफल भएका छन् । नेवा समाज प्रदेश ५ बुटवल, सैनामैना नगरपालिका रुपन्देहीको सांस्कृतिक समूह र जितगढी सरायँ नाच व्यवस्थापन समितिले तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

त्यसैगरी थारु सांस्कृतिक मयुँर नाच मोतिपुर, खेमा तमु ह्युल छोज धी देवदह रुपन्देही, क्षेत्री समाज नेपाल रुपन्देही र राधेश्याम महिला भजन मण्डली बुटवलले सान्त्वना स्थान हासिल गरेका छन् । विजयी झाँकी समूहलाई प्रदेश प्रमुख उमाकान्त झा र मुख्यमन्त्री पोखरेलले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

वि.सं.२०७६ असोज ३ शुक्रवार १४:३१ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

नेप्से परिसूचक ३९ दशमलव ४४ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ३९...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

बन्दूकले ढोका खोलिदियो, अब शान्तिप्रक्रिया सरकारको जिम्मेवारी : प्रचण्ड

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रचण्डले...

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान...

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...