back
CTIZAN AD

अन्तिम खेलमा नेपालले श्रीलङ्कासँग खेल्दै

वि.सं.२०७६ असोज ५ आइतवार

687 

shares

५ असोज, काठमाडौँ । जोर्डनमा जारी एएफसी यु–१६ च्याम्पियनसिप छनोटको चौथो तथा अन्तिम खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपाल श्रीलङ्कासँग भिड्ने छ ।

श्रीलङ्का विरुद्ध मैदानमा उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ । नेपालले यसअघि खेलेका तीन खेलमध्ये एउटामा बराबरी र दुई खेलमा पराजय भोगेको थियो । नेपाल जोर्डनसँग ७–० गोलले हारेको थियो भने कुवेतसँग १–१ गोलको बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाल ताजकिस्तानसँग ८–० गोलले पराजित भएको थियो ।

नेपाल एएफसी यु–१६ च्याम्पियनको छनोटबाट बाहिरिएको छ । श्रीलङ्का पनि प्रतियोगिताबाट बाहिरिएको छ । नेपाल रहेको समूह ‘ए’ मा जोर्डन, कुवेत, ताजकिस्तान र श्रीलङ्का छन् । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ । (रासस)

वि.सं.२०७६ असोज ५ आइतवार १२:४४ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...