back
CTIZAN AD

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन

वि.सं.२०७६ असोज ६ सोमवार

756 

shares

६ असोज, दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७५÷७६ मा केन्द्रले लक्ष्यभन्दा ३७ वटा बाख्रा बढी उत्पादन गरेको हो ।
केन्द्रका वरिष्ठ प्राविधिक डा शिवहरि घिमिरेले उक्त वर्ष २०० बाख्रा उत्पादन गर्ने लक्ष्य रहे पनि २३७ वटा बाख्रा उत्पादन भएको जानकारी दिए । घिमिरेका अनुसार उत्पादन भएका बाख्रामध्ये १२७ पाठा र ११० वटा पाठी रहेका छन् । “लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएका छौँ”, घिमिरेले भने, “यो केन्द्रको सफलता हो ।”
चालू आर्थिक वर्ष २०७६÷७७ मा केन्द्रले २९० वटा बाख्रा उत्पादन गर्ने लक्ष्य राखेको छ । “यही वर्ष ८० बोयर जातको बोकासमेत उत्पादन गर्ने लक्ष्य लिएका छौँ”, घिमिरेले भने । गत आर्थिक वर्षमा उत्पादित बाख्रामध्ये ११३ पाठी प्रजननयोग्य रहेका छन् ।
घिमिरेले अनुसन्धान केन्द्रमा बोयर जातको बोकाको माग उच्च रहेको बताए । बोयर जातको बोकाको नेपालमा बढी रुचाइएको कारण यसमा माग बढेको घिमिरेले जानकारी दिए । “स्थानीय जातको भन्दा बोयर जातको बोकाको माग बढी छ, जमुनापानी, खरी जातको बाख्राको माग पनि उत्तिकै छ ।”
केन्द्रमा हाल विभिन्न जातका ४९७ बाख्रा रहेका छन् । जसमा १७० माऊ छन् भने बाँकी बोका र पाठापाठी रहेको केन्द्रले जनाएको छ । बाख्राको अनुसन्धानका लागि केन्द्रले प्रदेशका विभिन्न पाँच स्थानमा स्रोत केन्द्र स्थापना गरेको छ । केन्द्रका अनुसार जिल्लाको आँबुखैरेनी गाउँपालिकास्थित बरादी र भानु नगरपालिकास्थित बरभञ्ज्याङ, गोरखाको बकान, स्याङ्जाको पेकुठाना र नवलपुरको नयाँबेलहानीमा स्रोत केन्द्र स्थापना गरी बाख्रा उत्पादन हुँदै आएको छ ।
कर्मचारी अभावका कारण केन्द्रले सोचेअनुरुपको प्रगति गर्न नसकेको बताइएको छ । कूल २५ कर्मचारीको दरबन्दी रहेको केन्द्रमा नौ जना मात्रै कर्मचारी कार्यरत छन् । “दरबन्दीभन्दा १६ जना कम कर्मचारीको भरमा केन्द्र चलेको छ”, घिमिरेले भने ।
अनुसन्धान केन्द्रमा कर्मचारीबाहेक बाख्राको रेखदेख, बाख्रा चराउन, घाँस काट्नका लागि तीस जना कर्मचारी ज्यालादारीमा राखिएको छ । कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राका लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्भु खनायो लगायतका घाँस खुवाउने गरिएको छ ।
देशका विभिन्न जिल्लाबाट केन्द्र भ्रमणका लागि आउने गरेका छन् । कृषि, पशुपालन, वन विज्ञानका विद्यार्थी अध्ययन तथा अवलोकन भ्रमण लागि आउने गरेको केन्द्रको मन्त्री, सांसदलगायत विभिन्न पार्टीका नेताहरुले समेत अवलोकन गर्ने गरेका छन् ।

वि.सं.२०७६ असोज ६ सोमवार १४:१५ मा प्रकाशित

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौँ । सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग...

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सरकारले प्रस्तुत गरेको आर्थिक...

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...