back
CTIZAN AD

भाउ बढेपछि अदुवामा किसानको उत्साह

वि.सं.२०७६ असोज ६ सोमवार

1.2K 

shares

६ असोज, इलाम । विगतका वर्षभन्दा यसपटक अदुवाको भाउ बढेपछि किसानमा उत्साह थपिएको छ । गत वर्षभन्दा चारगुणा बढी भाउ आएपछि किसानले यो वर्ष अदुवाबाट राम्रै मूल्य हात पर्ने भएपछि किसानमा उत्साह थपिएको हो ।

भारतीय अवरोध, सङ्क्रमण र मौसमी समस्याले विगतका वर्षमा लगायत अनुसारको मूल्य नपाएका किसानले यसपटक भने उचित मूल्य पाउने भएका छन् ।

अदुवाको बिक्रीबाट प्राप्त हुने रकमले नै दशैँ मनाउने सुरसारमा किसान रहेका छन् । “दशैँअघि नै अदुवा थन्क्याउने सुरसारमा छौँ । यो पटक भाउ राम्रो आएकाले आम्दानी राम्रै हुने आशमा छु”, इलाम नगरपालिकास्थित ओख्रेका किसान चन्द्र घिमिरेले भने । गत वर्ष १० मन (एक मनको ४० किलो) अदुवा रोप्नुभएका घिमिरेले यसपटक पाँच मन मात्र रोपेका थिए । अदुवाको भाउ आएको थाहा पाएपछि भने कम रोपेकामा पछुतोसमेत भएको घिमिरेको भनाइ छ ।

भारतीय समस्या र सङ्क्रमण नभएकाले यसपटक अदुवाको मूल्य उच्च भएको व्यवसायीको भनाइ छ । भारतीय नाकामा महीनौँ थन्क्याउनुपर्ने समस्याले गर्दासमेत अदुवा किन्न डराउनुपर्ने स्थिति विगतका वर्षमा थियो । तर यो वर्ष भने भारतीय बजारमा पनि अदुवाको माग उच्च रहेको व्यवसायी कृष्ण पौडेलको भनाइ छ ।

“भारतीय अवरोध र रोगका कारण विगतका वर्षमा भारतीय बजारमा नेपाली अदुवाको माग थिएन”, पौडेलले भने, “यसपटक भने किसानले राम्रै मूल्य पाउने भएका छन् । यो भाउ गत वर्षकोभन्दा तीनगुणा बढी हुन्छ ।” तर अदुवाको उत्पादन भने गत वर्षभन्दा आधा कम भएको उनको भनाइ छ ।

अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नं १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ । इलाममा तीन हजार २३३ हेक्टरमा अदुवाखेती भएर ४५ हजार ९९४ टन उत्पादन हुने गरेको छ ।

नेपालका २६ जिल्लामा अदुवाखेती हुँदै आएको छ । चीन र भारतपछि विश्वका अदुवा उत्पादक देशमा नेपाल तेस्रो स्थानमा रहेको जिन्जर प्रोफाइल २०१६ मा उल्लेख छ । नेपालमा उत्पादन हुने अदुवामध्ये ९४ प्रतिशत भारतमा निकासी हुन्छ । (रासस­)

वि.सं.२०७६ असोज ६ सोमवार १३:५३ मा प्रकाशित

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

थुम्लुङ खोलामा पक्की पुल निर्माण हुँदै

भोजपुर । भोजपुरको तेजिङ–हिलारी राजमार्गअन्तर्गत पर्ने थुम्लुङ खोलामा पक्की पुल...

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

कोशी प्रदेशमा ४४ वटा एफएम रेडियो बन्द

झापा । कोशी प्रदेशमा रहेका एफएम रेडियोहरू धमाधम बन्द हुन...

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

पौवादुङमा गाँउपालिकामा ‘शून्य होम डेलिभरी’

भोजपुर । पौवादुङमा गाउँपालिकाले सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...