७ असोज, काठमाडौँ । मेगा बैंकले काठमाडौँको बुढानिलकण्ठस्थित फुड फर लाइफ नेपालमार्फत बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेको बताएको छ । ।
ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सेवा र सुविधा तथा संस्थागत सामाजिक उत्तरदायित्वमार्फत असहाय तथा विपन्न वर्गका बालिबालिकाको शिक्षाका लागि सहयोग गर्दै आएको मेगा बैंकले फुड फर लाइफ नेपाललाई चामल, नुन, तेलसहित बिभिन्न प्रकारका खाद्य सामाग्रीहरु सहयोग गर्दै आएको जनाएको छ ।
सरकारी र सामुदायिक विद्यालयमा अध्ययनरत न्यून आय भएका विपन्न परिवारका बालबालिकालाई खाजा खानबाट बञ्चित हुन नपरोस् र त्यसले गर्दा पढाईमा कुनै असर नहोस् भन्ने उद्देश्यले मेगा बैंकले फुड फर लाइफ नेपालमार्फत बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको बताएको छ ।
अहिले मेगा बैंकका १०२ शाखामार्फत १/१ जना बालिकालाई पनि बैंकले छात्रवृत्ति प्रदान गर्दै आएको एक विज्ञप्ति मार्फत बताएको छ ।
वि.सं.२०७६ असोज ७ मंगलवार १२:१० मा प्रकाशित





























