back
CTIZAN AD

सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै

वि.सं.२०७३ मंसिर १३ सोमवार

957 

shares

१३  मंसिर, काठमाडौँ । मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सत्वीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ ।

यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासमा आइतबार बेलुकीदेखि नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिनुभयो ।

चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

“शास्त्रमा बरखी बारेर सेतो कपडा लगाएका बेला शिवको नामसम्म लिनु हुँदैन भनिएको छ तर व्यवहारमा प्राचीनकालदेखि नै यो परम्परा चली आएकाले यो पर्वका विषयमा खोजी गरिनु आवश्यक छ, बत्ती बाल्ने र सत्बीज छर्ने बरखी बारेका बेलामा होइन अरु बेलामा हो भन्ने शास्त्रीय प्रमाण छ”– उहाँले भन्नुभयो ।

सत्बीज सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा पनि शास्त्रीय रुपमा नमिल्ने उहाँले बताउनुभयो । धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता भएको समितिको भनाइ छ ।

वि.सं.२०७३ मंसिर १३ सोमवार ०३:१३ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...