back
CTIZAN AD

दिनभर प्रशासन नजिक प्रदर्शन, चार घाइते

वि.सं.२०७३ मंसिर १३ सोमवार

879 

shares

१३ मङ्सिर, पाल्पा । विनु पुलामी हत्या प्रकरणले आइतबार दिनभर नै जिल्ला प्रशासन कार्यालय नजिकै आन्दोलनकारीले प्रदर्शन गरेका छन् ।

दसैँपछि हराएकी र गत कात्तिक ४ गते वेवारिसे शव फेला परेकी विनु पुलामीका आफन्तले पुलामीका श्रीमान् दीपेन्द्र बस्याललाई पक्राउ गर्न ढिलाइ गरेको भन्दै आन्दोलन गरेपछि आज १ बजेदेखि ५ बजेसम्म दरबारक्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको हो । आन्दोलनकारी प्रवेशद्वारबाट भित्र पस्न खोज्दा प्रहरीसंग घचेटाघचेट गर्दा चारजना घाइते भएका हुन् ।

आन्दोलनकारीले दरबार प्रवेशद्वारबाट पस्न खोज्दा प्रहरीले लाठीचार्ज गर्दा एक प्रहरी र तीनजना आन्दोलनकारी घाइते बनेका हुन् । दसैँपछि विनु हराए पनि घरपरिवारले खोजविनमा सक्रियता नदेखाएको, र उनको मृत्यु हत्याबाट नै भएको आफन्तले बताउँदै आएका छन् ।

आन्दोलनकारीले दोषी भनी किटानी गरिएका दीपेन्द्र बस्याललाई पक्राउ गर्न ढिलासुस्ती भएको भन्दै तानसेन बजार क्षेत्रमा विरोध ¥याली निकालेका हुन् । उनीहरुले आज दिनभर नै जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गरी बस्याललाई कडा कारबाही हुनुपर्ने मागसहित प्रदर्शन गरेको सङ्घर्ष समितिका संयोजक डिबी थापाले बताउनुभयो । पुलामीको चारवर्षअघि ताहु गाविस–७ का दीपेन्द्र बस्यालसँग अन्तरजातीय प्रेम विवाह भएको थियो ।

शैक्षिक संस्था पूरै प्रभावित
पाल्पाका छ विद्यार्थी सङ्गठनले पुलामी घटनाका दोषीलाई छिटो सार्वजनिक गर्नुपर्ने माग राख्दै आज जिल्लाभरका शैक्षिक संस्था बन्दको आह्वानले आज पढाइ हुन सकेन । शैक्षिक संस्थामा पठनपाठन हुन नसक्दा आज बिहानदेखि नै विद्यालय पुगेका विद्यार्थी बीचबाटोबाट फर्किए ।

गत कात्तिक–४ गते हुँगीको अस्दीमा बेवारिसे अवस्थामा फेला परेको महिलाको शव विनु पुलामीको नै भएको माइती पक्षले दाबी गर्दै दाहसंस्कार गरेका छन् । ताहुँ गाविस–७ की विनु पुलामीका श्रीमान् दीपेन्द्र बस्याल अहिले फरार छन् ।

शान्ति समितिको प्रजिअलाई ज्ञापनपत्र
स्थानीय शान्ति समितिका संयोजक प्रेमनाथ बस्यालले घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउनुपर्ने बताउनुभएको छ । घटनालाई न्यायिकरुपमा गहिरो छानबिन गर्नुपर्ने माग राख्दै उहाँले प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमलाई छानबिनलाई प्रभावकारी बनाउन ज्ञापनपत्र बुझाउनु भएको छ ।

घटनालाई सामान्यरुपमा लिन नहुने नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य नेत्रप्रसाद पाण्डेयले बताउनुभयो । प्रजिअ गौतमले उजुरी परेपछि अनुसन्धान गहिरोरुपमा गरिरहेको बताउनुभयो । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार ०३:१७ मा प्रकाशित

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

सम्बन्ध विच्छेदका मुद्दा उच्च, बिखण्डनले समाजमा जटिलता

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...