back
CTIZAN AD

‘निर्वाचनका लागि सहमति आवश्यक’

वि.सं.२०७३ मंसिर १३ सोमवार

870 

shares

१३ मंसिर, लहान । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी चैतमा स्थानीय निकायको निर्वाचनका लागि तत्काल नीति, मिति र सहमति आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय सिरहाले आइतबार सदरमुकाममा आयोजना गरेको सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रममा डा यादवले निर्वाचनका लागि आवश्यक ऐन कानुन, मिति र दलबीच सहमति भए निर्वाचन आयोग निर्वाचन गराउन तयार रहेको बताउनुभयो ।

निर्वाचनका लागि चाहिने ऐन, कानुन नहुँदा निर्वाचन आयोग नै अन्योलमा रहेकाले चैत महिनामा निर्वाचन हुने सम्भावना कम रहेको समेत उहाँको भनाइ थियो । केही राजनीतिक दलले अहिलेकै संरचनामा तथा केहीले नयाँ स्थानीय निकाय पुनःसंरचनामा निर्वाचन हुनुपर्ने तर्क राख्दै आएको चर्चा गर्नुहुँदै उहाँले निर्वाचनका विषयमा राजनीतिक दल आफैँमा स्पष्ट नरहेकाले अहिले दुविधापूर्ण अवस्था रहेको बताउनुभयो ।

उहाँले चुनावका लागि न्यूनतम १२० दिन आवश्यक रहेको तर्क गर्नुभयो । देश अहिले सङ्क्रमणकालीन अवस्थामा रहेकाले दलबीच सहमति आवश्यक रहेको बताउँदै उहाँले मुलुकमा देखिएका समस्याको समाधान गरेर मात्र निर्वाचनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

निर्वाचनअघि ऐन बनाउनुपर्ने उल्लेख गर्दै त्यसतर्फ राजनीतिक दल गम्भीर नरहेको गुनासो गर्नुहुँदै डा यादवले स्थानीय निकाय निर्वाचन कार्यबिधि ऐन परिमार्जनका लागि गत साउन १७ गते नै संसद्मा पठाए पनि दलले अहिलेसम्म संशोधन गर्न नसकेकाले दल स्थानीय निकायको निर्वाचनप्रति गम्भीर नभएको उहाँको आरोप थियो ।

वि.सं.२०७३ मंसिर १३ सोमवार ०३:१९ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...