back

‘निर्वाचनका लागि सहमति आवश्यक’

वि.सं.२०७३ मंसिर १३ सोमवार

486 

shares
GLOBAL IME AD
NTC AD

१३ मंसिर, लहान । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी चैतमा स्थानीय निकायको निर्वाचनका लागि तत्काल नीति, मिति र सहमति आवश्यक रहेको बताउनुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय सिरहाले आइतबार सदरमुकाममा आयोजना गरेको सर्वपक्षीय अन्तक्र्रिया कार्यक्रममा डा यादवले निर्वाचनका लागि आवश्यक ऐन कानुन, मिति र दलबीच सहमति भए निर्वाचन आयोग निर्वाचन गराउन तयार रहेको बताउनुभयो ।

निर्वाचनका लागि चाहिने ऐन, कानुन नहुँदा निर्वाचन आयोग नै अन्योलमा रहेकाले चैत महिनामा निर्वाचन हुने सम्भावना कम रहेको समेत उहाँको भनाइ थियो । केही राजनीतिक दलले अहिलेकै संरचनामा तथा केहीले नयाँ स्थानीय निकाय पुनःसंरचनामा निर्वाचन हुनुपर्ने तर्क राख्दै आएको चर्चा गर्नुहुँदै उहाँले निर्वाचनका विषयमा राजनीतिक दल आफैँमा स्पष्ट नरहेकाले अहिले दुविधापूर्ण अवस्था रहेको बताउनुभयो ।

उहाँले चुनावका लागि न्यूनतम १२० दिन आवश्यक रहेको तर्क गर्नुभयो । देश अहिले सङ्क्रमणकालीन अवस्थामा रहेकाले दलबीच सहमति आवश्यक रहेको बताउँदै उहाँले मुलुकमा देखिएका समस्याको समाधान गरेर मात्र निर्वाचनका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

निर्वाचनअघि ऐन बनाउनुपर्ने उल्लेख गर्दै त्यसतर्फ राजनीतिक दल गम्भीर नरहेको गुनासो गर्नुहुँदै डा यादवले स्थानीय निकाय निर्वाचन कार्यबिधि ऐन परिमार्जनका लागि गत साउन १७ गते नै संसद्मा पठाए पनि दलले अहिलेसम्म संशोधन गर्न नसकेकाले दल स्थानीय निकायको निर्वाचनप्रति गम्भीर नभएको उहाँको आरोप थियो ।

वि.सं.२०७३ मंसिर १३ सोमवार ०३:१९ मा प्रकाशित

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

‘गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र मात्रै हुन्छ’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र...

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

नागरिको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

नवनियुक्त गभर्नर पौडेलद्वारा पदभार ग्रहण

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले...

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

रास्वपाका सभापति लामिछानेको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

पाँच हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय...

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

रविको मुद्दामा आज आदेश आउने सम्भाावना कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र...