१० असोज, काठमाडौँ । सिंगापुर टि–२० त्रिकोणत्मक श्रृखलाको पहिलो खेल नेपाल र जिम्बावे बिच आज हुन गईरहेको छ । खेल सिंगापुरको भारतिय संघ मैदान (Indian Association Ground) मा हुने छ । त्रिकोणत्मक श्रृखलामा नेपाल, जिम्बावे र सिंगापुरले भाग लिने छन् । प्रत्यक टिमले ४ खेल खेल्नेछन् । नेपालले जिम्बावे र सिंगापुर विरुद्ध २–२ खेल खेल्ने छ ।
नेपालले पहिलो चोटी जिम्बावे विरुद्ध टि–२० खेल खेल्न गईरहेको छ । पारस खड्कले जिम्बावे विरुद्ध युवा टिम मैदानमा उतारने छन् । अलराउन्डर कुशल मल्ल र ब्याट्सम्यान इशान पाण्डेले जिम्बावे विरुद्ध नेपालका लागि टि–२० मा डेब्यू गर्न सक्ने छन् । जिम्बावे पनि नयाँ कप्तानका साथमा मैदानमा उत्रने छ ।
जिम्बावेको टि–२० मा राम्रो रेकर्ड छैन् । जिम्बावेले अहिले सम्म खेलेको ६८ ओटा टि–२० मा ५२ मा हार वेहोरेको छ भने १४ मा जित र २ खेल बराबरीमा रोकिएको छ । नेपालले टि–२० वरियता पाएपछि १५ ओटा टि–२० खेल खेल्दा ९ मा हार र ५ मा जित निकाल्न सफल भएको छ ।
ICC टि–२० वरियतामा नेपाल जिम्बावे भन्दा २ स्थान माथी छ । नेपाल ११औ स्थानमा छ भने जिम्बावे १४औ स्थानमा छ । अहिले सम्म दुई टिमको टि–२० रेकर्ड हेर्दा जिम्बावे भन्दा नेपाल बलियो देखिन्छ । नेपालको लागि जिम्बावे विरुद्ध जित निकालेर इतिहास रच्ने मौका हुनेछ ।
खेल नेपाली समय अनुसार आज बेलुका ५ः१५ बाट सुरु हुने छ ।
नेपालको सम्भावित इलेवनः इशान पाण्डे, पारस खड्का, दिपेन्द्रसिंह एरी, विनोद भण्डारी, पवन सरफ, रोहित कुमार पौडेल, करण केसी, सन्दीप जोरा, सोमपाल कामी, सन्दीप लामिछाने, अभिनास बोहोरा ।
जिम्बावेको सम्भावित इलेवनः ब्रान्डन टेलर, रायन बर्ल, सीन विलियम्स, टोनी मुन्योन्गा, काइल जाविस, र्तेदई चतारा, क्रेग एर्वाइन, टिम्सेन मारुमा, रेगिस चकब्वा, रिचमन्ड मुटुम्बुइ, क्रिस एमपोफु ।
वि.सं.२०७६ असोज १० शुक्रवार ०७:१० मा प्रकाशित























