back
CTIZAN AD

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

वि.सं.२०८३ वैशाख २८ सोमवार

552 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनमार्फत सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि राष्ट्रपति रामचन्द्र पौडेलप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सभामुख डोलप्रसाद अर्यालले धन्यवाद प्रस्ताव प्र्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले पारित गरेको थियो । दुवै सदनको संयुक्त बैठक सकिएपछि भएको प्रतिनिधिसभा बैठकले सो प्रस्ताव पारित गरेको हो । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले नीति तथा कार्यक्रमको प्रति टेबुल गरेका थिए ।

सभामुख अर्यालले आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा छलफलमा उठेका विषयमाथि प्रधानमन्त्रीले यही वैशाख ३० गते जवाफ दिने कार्यक्रम तय भएको छ । छलफलमा दलीय प्रतिनिधित्वका आधारमा भाग लिन अर्काे बैठक अगावै नाम दिनुपर्ने र विरोधको सूचना गर्ने सदस्यले वैशाख २९ गते दिउँसो २ बजेभित्र दिइसक्नुपर्ने छ ।

बैठकमा नेकपा एमालेका गुरुप्रसाद बरालले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त बैठकमा प्रधानमन्त्री शाहले राष्ट्रिय पोसाक नलगाएको र संसदीय मर्यादा पालना नगरेको भनी ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही वैशाख २९ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ । सङ्घीय संसद्को बजेट अधिवेशन आजैबाट सुरु भएको हो ।

वि.सं.२०८३ वैशाख २८ सोमवार १८:४४ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...