back
CTIZAN AD

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

वि.सं.२०८३ वैशाख २८ सोमवार

630 

shares

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्यवस्तु, दाल तथा गेडागुडी र मरमसलाको मूल्यवृद्धि घटेको देखिएको छ ।

चालु आर्थिक वर्ष २०८२÷८३ को चैत मसान्तमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४७ प्रतिशत रहेको केन्द्रीय बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ३९ प्रतिशत रहेको थियो ।

राष्ट्र बैङ्कका अनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति चार दशमलव ०१ प्रतिशत रहेको छ भने गैर—खाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ७२ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२÷८३ को नौ महिनाको औसत मुदास्फीति दुई दशमलव ३९ प्रतिशत रहेको पनि राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ५७ प्रतिशत रहेको थियो ।

गत चैत महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ८७, फलफूलको ११ दशमलव ६७, तरकारीको नौ दशमलव १८ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई ७८, खाद्य तथा खाद्यजन्य पदार्थको एक दशमलव ६८ र मरमसलाको एक दशमलव ६४ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९ दशमलव ९४, यातायातको १२ दशमलव ०३, शिक्षाको सात दशमलव ४६, मदिराजन्य पेय पदार्थको चार दशमलव ७७ र कपडा तथा जुत्ताचप्पलको चार दशमलव ७३ प्रतिशतले बढेको छ । त्यस्तै, गत चैतमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ७१ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७४ प्रतिशतले बढेको छ ।

प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ९८, मधेशको चार दशमलव ९१, बागमतीको चार दशमलव २०, गण्डकीको तीन दशमलव ८५, लुम्बिनीको पाँच दशमलव १५, कर्णालीको तीन दशमलव ८२ र सुदूरपश्चिम प्रदेशको तीन दशमलव ३९ प्रतिशत रहेको छ । त्यस्तै गत काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ६९, तराईको चार दशमलव ८३, पहाडको चार दशमलव १८ र हिमालको तीन दशमलव २० प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ ।

वि.सं.२०८३ वैशाख २८ सोमवार १९:१४ मा प्रकाशित

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितलाई सघाउन हिमालयन बैंकको ३ करोड बढी सहयोग

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा अचानक आएको...

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी...

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्र शाह...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्वारा बाढीपीडितलाई ६५ लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई...

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

बेत्रावती बगरमा देखिए शव, फिनेल र बलिया प्लास्टिक ब्याग उपलब्ध गराउन अपिल

नुवाकोट । बेत्रावती बगर क्षेत्रमा बाढीपछि धेरै शव देखिन थालेको...

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

कृष्णभीरको वैकल्पिक सडक खोजिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आइतबार बिहानबाट सडक भासिन थालेपछि...