back

जटिलता समाधानका लागि सबै दलको सहयोग आवश्यक छ: सभामुख घर्ती

वि.सं.२०७३ मंसिर १३ सोमवार

507 

shares
IME Limited
NTC AD

onsari-magar

१३ मङ्सिर,पर्सा। सभामुख ओमसरी घर्तीमगरले राजनीतिक दलहरुकै सहमतिमा सम्पूर्ण समस्या सामाधान हुने बताउनुभएको छ ।

वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविर, २०७३ को आज समापन समारोहलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले वर्तमान राजनीतिक जटिलताको निकास सबै दलको सहमतिमै निस्कने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दलकै सहमतिमा नेपाल अग्रगामी राजनीतिक पाइला चाल्न सफल भएको र विगतको अनुभवलाई उपयोग गर्दै वर्तमान जटिलताको समाधान खोजिने बताउनुभयो ।

पतञ्जलिले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल भारतको सम्बन्धलाई नयाँ आयाम थपेको सभामुख घर्ती मगरको भनाइ थियो ।

उहाँले पतञ्जलि योगपीठका संस्थापक योगगुरु स्वामी रामदेवले नेपालमा आयुर्वेद उद्योग स्थापना गरी नेपाल–भारतबीचको सामाजिक, सांस्कृतिकसँगै आर्थिक सम्बन्धलाई अझै प्रगाढ बनाएको बताउनुभयो ।

स्वामी रामदेवले विश्वस्तरमै योगको अभ्यासलाई मुखरित गरी पूर्वी संस्कृतिको जगेर्नासँगै व्यक्तिलाई निरोगिता प्रदान गरेको भन्दै सभामुख घर्तीमगरले स्वामी रामदेवको कार्यको प्रशंसा गर्नुभयो । स्वस्थ्य शरीरमा नै स्वस्थ्य सोचले बास गर्ने र स्वस्थ्य सोचले नै मानवता र समाजलाई भलो गर्न सकिने सभामुख घर्तीमगरले बताउनुभयो ।

विगत पाँच दिनदेखि वीरगन्जको आदर्शनगर रङ्गशालामा सञ्चालित योग विज्ञान शिविरको समापन समारोलाई सम्बोधन गर्दै स्वामी रामदेवले राष्ट्रिय एकताले नै मुलुकलाई बलियो र समृद्ध बनाउने विचार व्यक्त गर्नुभयो ।

उहाँले नेपाल ऋषिहरुको तपस्यास्थल र अध्यात्मभूमि भएकाले यस देशका नागरिकको चिन्तन स्वच्छ र मन कञ्चन रहेको बताउनुभयो ।

शिविरमा सहभागीलाई स्वामी रामदेवले योग प्रशिक्षण दिनुभएको थियो । सो क्रममा सभामुख घर्तीमगरले समेत योगाभ्यासमा सहभागिता जनाउनुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १३ सोमवार ०६:१५ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...