back
CTIZAN AD

हङकङमा गालीसराप सेवा सम्पन्न

वि.सं.२०७३ मंसिर १३ सोमवार

999 

shares

hongkong1

आम्भु जेठा, हङकङ । किराती गाउँघर तिर समुदाय मिलेर वर्षमा एकपटक खोलामा गएर गालीसराप बगाउने सेवा गरे झैं हङकङमा किरात मुन्धुम (धर्म दर्शन) अनुसार साकमुरा वादेम्मा सेवा (गाली सराप वगाउने पुजा)  २७ नोभेम्बर  आइतबारका दिन हङकङको मङकी हिल डाँडामा सम्पन्न गरेको छ ।
‘सृष्टिकालदेखिनै मानिसमा जानेर नजानेर गालिसराप लाग्ने मान्यता छ । मानिसमा गालीसराप भएर वस्यो भने उस्को उन्नती प्रगतिको बाटो रोकिन्छ । गालीसरापको सेवा नगरी अरु जतिसुकै ठुलो सेवा र दान गरेपनि उस्लाई सेवा लाग्दैन भन्ने कुरा मुन्धुम्मा रहेको’ सेवासावा ९प्रमुख पुजारी० तुलकहङ तुम्साले भक्तजनहरुलाई बताए ।
कसरी लाग्छ त मानिसलाई गाली सराप ? मानिसले जानेर नजानेर गल्ती गर्यो भने, सानो छदा भुलवस विगार गर्दा, भनेको नमान्दा, कसैको मन वा चित्त दुःखाउदा पनि गालिसराप भएर वसेको हुन्छ । नाहेन अर्थात कसैको आँखा लाग्दा वा कसैले आँखा लगाउदा, कसैले भनेको कुरा दिन वा पुर्याउन नसक्दा पनि गालिसराप भएर वसेको हुन्छ भनेर मुन्धुममा उल्लेख छ । जसलाई मुन्धुम अनुसार नै बगाउनु पर्छ भनेर सेवासावाले वताए ।
गालिसराप बगाउने सेवा गरिसकेपछि ङा–लाधुङसेमी सेवा ९सुख, शान्ति र समृद्घिको कामना पुजा सम्पन्न भएको किरात धर्म तथा सहित्य उत्थान संघ हङकङको अध्यक्ष मोहनमान नेम्बाङले वताए ।
किरात धर्म तथा साहित्य उत्थान संघका हङकङले आयोजना गरेको उक्त सेवामा अध्यक्ष नेम्बाङले आदि अनादीकालदेखि नै किरात समुदायको आफ्नै मौलिक धर्म, संस्कार, संस्कृति, पर्वहरु विद्यमान रहदै अएको वताए । किरात युगपुरुष येहाङ, सोधुङगेन लेप्मुहाङ, मावोहाङ तथा शिरीजङगाहाङ द्घारा स्थापित किरात धर्म दर्शन तथा मौलिक संस्कारहरु विचलन हुदै आएको उनले वताए । विचलन हुदै आएको किरात धर्मलाइ महागुरु फाल्गुनन्द लिङदेनको जन्मावतार भइ वहाँले किरात धर्मलाइ पुनरउत्थान गरेको नेम्बाङले वताए । उनले महागुरु फाल्गुनन्द लिङदेनले धर्मलाइ स्थापित गरि सत्य र अहिंसाको मार्गमा किरात सन्ततीलाइ डो¥याएको वताए ।
किरात धर्म तथा साहित्य उत्थान संघका उपाध्यक्ष लाजेसा लिम्बुले साकमुरा वादेम्मा सेवा ९गाली सराप वगाउने पुजा० को वारेमा प्रष्ट्याएका थिए । किरातीहरुमा वर्ष भरिमा आफुलाइ गाली सराप लागेको हुन सक्ने भएकोले त्यसलाइ किरात मुन्धुम अनुसार वर्षमा एक पल्ट गाली सराप वगाउनु पर्ने वताएका थिए ।hk2
किरात मुन्धुम अनुसार गरिएको सेवामा सेवासावा ९पुजारी० हरु शान्ती आङबोहाङ एभेङ, कर्णबहादुर ओख्राबु, उत्र बहादुर राइ, चन्द्रबहादुर एभेङ, जुना वनेम राई, कविता चोङबाङ क्याक रहेका थिए भने मुख्य सेवासावामा तुलकहङ तुम्सा रहेका थिए ।
हङकङमा सन २००४ देखि यस्तो सेवा गरिदै आएको छ । धर्मका अनुयायीहरु तागा र मेख्लीले सजिएर सेवामा आएका थिए । किरात धर्म अनुसार पुजामा सवैले फुल अक्षता र सतबीउ–पलबीउ चढाएर सेवा गरेका थिए ।
बीबीक्यू स्थानमा गरिएको सेवामा मासु पोल्ने चुल्हामा फुल तथा फल–फुल राखिएको थियो भने अन्य चुल्हाहरु खालि नै देखीएको थियो ।

वि.सं.२०७३ मंसिर १३ सोमवार ०६:४२ मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...