back

संविधान संशोधनप्रति नयाँ शक्ति नेपाल र संघीय समाजवादी पार्टीद्धारा आपत्ति

वि.सं.२०७३ मंसिर १३ सोमवार

459 

shares
GLOBAL IME AD
NTC AD

15239356_1429380017087215_1848868340_n

१३ मंसिर, काठमाण्डौं । संविधान संशोधनको विषयमा संघीय समाजवादी पार्टी र नयाँ शक्ति नेपालले आपत्ति जनाएको छ । सोमबार नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरी आपत्ति जनाएका हुन् ।
संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्री भेद्भावहरुलाई अन्त्य गरिनु पर्ने भन्दै दुई पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
मधेसी, थारु, आदिवासी जनजाती राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धन, संयुक्त प्रादेशिक मोर्चाहरु समेत सम्मिलत सङ्घीय गठबन्धनले उठाएका राष्ट्रिय मुद्दाहरु खासगरी–राष्ट्रिय पहिचानको मान्यता, अधिकारसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व संसद् हुनु पर्नेमा जोड दिएको छ ।
साथै जनताद्धारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राज्यका सबै अङ्गमा समानुपातिक समावेशीकरण, बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, सङ्घीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकार आदि सबैखाले विभेदको अन्त्य हुने गरी संविधान संशोधन हुनुपर्ने माग राखेको छ ।

वि.सं.२०७३ मंसिर १३ सोमवार ०६:५० मा प्रकाशित

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

राष्ट्रियसभा बैठक : सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग

काठमाडौं । सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको...

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर सेवासुविधा दिन उपयुक्त हुन्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्व विशिष्ट पदाधिकारीलाई कानुन बनाएर...

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

सर्वोच्च अदालतको परमादेश कार्यान्वयनको विकल्प नभएको निष्कर्ष

काठमाडौँ । सर्वोच्च अदालतको परमादेश अनुसार गठित गैर आवासीय नेपाली...

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

बोर्डद्वारा यसवर्षको एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट...

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान...