back

नेपाली संसदीय प्रमण्डलको रूसमा स्वागत

वि.सं.२०७३ मंसिर १३ सोमवार

525 

shares
GLOBAL IME AD
NTC AD

onsari-in-russia

कृष्णप्रकाश श्रेष्ठ

रूस महासंघको संघीय सभाको संघीय परिषद्को निमन्त्रणामा नेपालको व्यवस्थापिका–संसदकी सम्माननीय सभामुख श्रीमती ओनसारी घर्ती मगरको नेतृत्वमा आएको नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई मास्कोमा स्वागत गरिएको छ । रूसको औपचारिक भ्रमणमा मास्को आइरहेको नेपाली प्रतिनिधि मण्डलकी नेतृ, सम्माननीय सभामुख ओनसारी घर्ती मगरलाई रूसको संघीय परिषद्की अध्यक्ष भालेन्टिना इभानोभ्ना मात्भिएन्कोले रूसको संघीय परिषद्को भवनको प्रवेशकक्षमै पूmलको गुच्छाद्वारा हार्दिक स्वागत गरेकी थिइन । नेपाली प्रतिनिधिमण्डलका सबै सदस्यहरूसँग छोटो भलाकुसारीपश्चात् विशिष्ट अतिथिबाट आनन्तुक पुस्तिकामा हस्ताक्षर पश्चात् माथिल्लो तलाको वार्ताकक्षमा दुईपक्षीय औपचारिक वार्ता सम्पन्न भयो ।
उक्त वार्तामा नेपाली पक्षबाट नेपालको व्यवस्थापिका संसदकी सभामुख सम्माननीय ओनसारी घर्ती मगर, रूसका लागि कार्यवाहक नेपाली राजदूत श्रीमती इन्दिरा गोहिवार अर्याल, सांसदहरू सकलदेव सतिहार, नरेश खरेल, सुश्री अञ्जना चौधरी, डा.शिवजीयादव, आएन्द्र सुन्दर नेम्बाङ्ग, संसद सचिवालय महासचिव मनोहरप्रसाद भट्टराई, संसद अधिकृत सोमबहादुर थापा, सभामुखकी निजी सचिव सुश्री लालकुमारी पुन, राजदूतावासका सहकारी राधारमण दुबे तथाअनुवादक डा. मणिराज पोखरेल एवै रूस पक्षबाट रूस महासंघको संघीय परिषदकी अध्यक्ष भालेपन्टना इभानोभ्ना मात्भिएन्को, संघीय परिषद् अन्तर्गत अन्तर्राष्ट्रिय मामिला सम्बन्धी समितिका अध्यक्ष कोन्स्तान्तिन कोसाचेभ, आर्थिक नीतिसम्बन्धी समितिका प्रथम उपाध्यक्ष, एशियाली तथा अफ्रिकेली राष्ट्रहरूका संसदहरूसंग सहयोग सम्बन्धी कार्यदलका सदस्य सेर्गेइ कालाश्निकोभ, क्रिमिया गणतन्त्रका प्रतिनिधि सेर्गेइ त्सेकोभ, सेभास्तोपोल नगरकी प्रतिनिधि ओल्गातिमोफेएभा, संघीय परिषदका अध्यक्षका सहायक निकोलाइ पारुजिन, परराष्ट्र मन्त्रालयको द्वितीय एशिया विभागका उपप्रमुख दानिलागानिच तथा अनुवादक कृष्णप्रकाश श्रेष्ठको उपस्थिति रहेको थियो ।
सौहार्दपूर्ण वार्ताको क्रममा रूसको संघीय परिषदकी अध्यक्ष भालेन्टिना मात्भिएन्कोले रूस तथा नेपाल बीच दौत्यसम्बन्ध स्थापनाको ६० वर्ष पूरा भएकै वर्ष नेपालको संसदीय प्रमण्डलको रूसमा आधिकारिक यात्रा भ्रमणको विशेष महत्व छ भन्दै लामो समयको राजनैतिक वादविवाद पछि आपसी सहमतिको आधारमा शान्तिपूर्ण ढंगले पोहोर साल नेपालको संविधान पारित हुनु देशको सार्वभौमिकता र स्वतन्त्र विकासको लागि आधारशिला स्वरूप हुने अभिव्यक्ति दिंदै सन् २०१० मा रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र नेपालका तत्कालीन प्रधानमन्त्रीबीच सेन्ट–पिटर्सबुर्गमा भेटवार्ता, दुवै देशका कार्यकारिणी निकायका पदाधिकारीहरू तथा सर्वोच्च अदालतका उच्च पदाधिकारीहरूबीच भ्रमणको आदान प्रदान लगायत रूस र नेपालबीच राजनैतिक क्षेत्रमा सम्बन्धको सक्रिय विकास भइरहेको भएता पनि आर्थिक एवं व्यापारिक क्षेत्रमा सम्भावना अनुरूप सम्बन्धविकासको स्तरनिकै न्यून रहेको तथ्यतर्पm ध्यानाकर्षण गराउनु भएको थियो र नेपालको जलविद्युत् क्षमताको २ प्रतिशतमात्र उपयोग भइरहेको तर्पm अंगुलीनिर्देश गर्दै भारत र चीनजस्तो विशाल देशहरूको बीचमा अवस्थित नेपालले यस सम्भावनाको व्यापक उपयोग गरी दुवैतर्पm विद्युत् शक्तिको आपूर्तिमा योगदान पु¥याएर लाभान्वित हुन सक्ने स्थितिको चर्चा गरिएको थियो ।
नेपालको व्यवस्थापिका–संसदकी सभामुख श्रीमती ओनसारी घर्ती मगरले रूस भ्रमणको निमन्त्रणाका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै नेपालको नयाँ संविधानको कार्यान्वयनलगायत देशको विभिन्न राजनैतिकएवं आर्थिक अवस्थाबारे संक्षेपमाजानकारी दिनुहुँदै रूसजस्तो विशाल देशसंग नेपालको सुमधुर सम्बन्ध रहिआएको र भविष्यकादिनहरूमादुई देशबीचको पारस्परिक सम्बन्धअझ प्रगाढ हुँदै जाने विश्वास व्यक्तगर्नुभयो ।
रूसले नेपाललाई भरपर्दो पुरानो मित्र ठानेको स्मरण गराउँदै भालेन्टिना मात्भिएन्कोले दुईपक्षीय सम्बन्ध सदैव नै पारस्परिक सम्मानमा आधारित रहेको जनाउनुका साथै यस भ्रमणले ‘हाम्रो अन्तरसंसदीय सहकार्यमा मात्र नभई रूस–नेपाल सम्बन्धका सम्पूर्ण क्षेत्रहरूको विकासमा समेत प्रेरणा प्रदान गर्नेछ’ भन्नुभयो ।
आफ्नो तर्पmबाट श्रीमती ओनसारी घर्ती मगरले आर्थिक, शैक्षिक तथा सांस्कृतिक क्षेत्रमा रूस सितको सम्बन्धलाई नेपालले उच्च मूल्यांकन गर्दै आएको जनाउनु हुँदै ‘दुवै देशका संसद र सरकारहरू बीच सम्बन्ध दरिलो हुँदै जानेछ’ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
भालेन्टिना मात्भिएन्कोले सन् २०१५ को अप्रिल–मेईमहिनामा नेपालले भोग्नुपरेको दैवीप्रकोपका परिणामहरूको निराकरणमा योगदान पु¥याउन रूसको तर्पmबाट तत्कालै तत्परता जनाइएको उल्लेख गर्नुहुँदै रूसको असाधारण स्थिति मन्त्रालयका कार्यकर्ताहरूले राहत कार्यमा सक्रिय भाग लिएको र रूसको चिकित्सक टोलीले मात्र ६०० भन्दा बढी भूकम्पपीडितहरूको उपचार गरेको सम्झना गराउनुभएको थियो भने नेपालको व्यवस्थापिका–संसदकी सभामुखले यस सहयोगकालागिहार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो । संक्षेपमाभन्ने हो भने भालेन्टिना मात्भिएन्कोको निष्कर्षानुसार ‘नेपालको संसदकी सभामुखको भ्रमणले दुई पक्षीय सम्बन्धविकासलाई उत्प्रेरित गर्नेछ’ ।
नेपालको व्यवस्थापिका–संंसदकी सभामुख श्रीमती ओनसारी घर्ती मगरले नेपालमापूर्व सोभियत संघ तथा रूस महासंघबाट स्नातक बनेका दक्ष विशेषज्ञहरू देश विकासको विभिन्न क्षेत्रमा कार्यरत रहेको जनाउनुका साथै भालेन्टिना मात्भिएन्कोलाई अनुकूल समयमा नेपालको औपचारिक भ्रमणका लागि निम्त्याउन ुभएको थियो र सो निम्तो सहर्ष स्वीकार पनि गरिएको थियो ।
वार्ताको क्रममा संघीय परिषदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका अध्यक्ष कोन्स्तान्तिन कोसाचेभले नेपालको जलविद्युत् क्षमताको उपयोगका लागि सहयोगको सम्भाव्यता बारे जोड दिनु भएको थियो भने संघीय परिषदको आर्थिक नीति विषयक समितिका प्रथम उपाध्यक्ष सेर्गइ कालाश्निकोभले रूस–नेपाल सहयोग तथा मैत्री समाजको तत्परतामा एक महिना अघि मात्र काठमाडौंमा रूसी महाकवि पुश्किनको प्रतिमा स्थापनाबारे चर्चा गर्दै दुई देशबीच जनस्तरमा मैत्री सम्बन्ध विकासको ठूलो महत्व छ भनी जोड दिनुभएको थियो ।
औपचारिक वार्ताको समाप्ति पश्चात् स्मृति–उपहारहरूको आदानप्रदानगरियो । नेपाल पक्षबाट प्रदानगरिएको स्मृति–उपहारमायुवा छवि चित्रकार इभान कोजोरेजोभद्वारा खिंचिएका नेपालकामनोरम रंगीन दृश्यहरूले सिंगारिएको दागेस्तानी महाकवि रासुलहाम्जातोभको नेपाल विषयक दुई काव्य (‘जीवित देवीकुमारी’ तथा ‘जीवचक्र’) को यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) बाट गरिएको नेपाली अनुवादसहित ‘दुई देवताप्रति’शीर्षकमा प्रकाशित त्रिभाषिक (आभार, रूसी र नेपाली) चित्र–पुस्तकल गायत नेपाली कलाकृति पनि नेपाली संसदीय प्रतिनिधि मण्डलको तर्पmबाट रूस महासंघको संघीय परिषदकी अध्यक्ष भालेन्टिना मात्भिएन्कोलाई उपहारस्वरूप प्रदान गरिएको थियो ।
नेपाली संसदीय प्रतिनिधिमण्डल मास्को आइपुगेको पहिलो दिन नै रूस महासंघस्थित नेपाली राजदूतावास परिवार तथा गैरआवासीय नेपाली संघ रूसको तर्पmबाट नेपाली राजदूतावासको सभाकक्षमा सभामुख सम्माननीय ओनसारी घर्ती मगर र उहाँको साथमा आएका नेपाली अतिथिहरूको हार्दिक स्वागत गरिएको थियो । त्यसै वेलाआयोजनागरिएको अन्तरक्रिया कार्यक्रममा पारस्परिक चिनापर्ची सम्पन्न गरिनुका साथै गैरआवासीय नेपालीहरूले सामना गर्नुृ परिरहेका समस्याहरूबारे पनि संघका केन्द्रीय महासचिव डा. बद्री के.सी.बाट अवगत गराइएको थियो र नेपाली संसदीय प्रतिनिधिमण्डलको सम्मानमा आयोजित प्रीतिभोजको अवसरमा पनि अनौपचारिक वातावरणमा गैरआवासीय नेपाली संघ रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष दीनानाथ राजभण्डारीबाट विदेशमा स्थाथी रूपले बसोवास गर्ने अनुमति लिंदा आइपर्ने कठिनाईहरूको निराकरणका लागि छिमेकी तथा मित्र राष्ट्रहरूको अनुभव आधार बन्न सक्ने सभ्भावना तर्पm अंगूली निर्देश गर्नुका साथै रूस र नेपाल बीच व्यापार प्रबर्धनका लागि बैंङ्किङ्ग समस्याको समाधान आवश्यक भएको तर्पm पनिजोड दिइएको थियो । रूसमा बसोवास गरिरहेका नेपालीहरूको तर्पmबाट नेपालको संसदीय प्रतिनिधि मण्डलका सदस्यहरूलाई नेपाल र रूसबीच सम्बन्ध विकासमा कोसेढुङ्गासमान रहेको रूस भ्रमणको सम्झना स्वरूप स्मृति–उपहार पनिप्रदानगरिएको थियो ।
नेपाली संसदीय प्रतिनिधि मण्डलको तर्पmबाट मास्कोस्थित नेपाली राजदूतावासमा आयोजित प्रीति भोजमा रूसको संधीय परिषद (बु¥यातिया गणराज्यका प्रतिनिधि आर्नोल्ड तुलोहोनोभ), परराष्ट्र मन्त्रालय (नेपालका लागि पूर्वराजदूत सेर्गेइ भृलिच्किन) तथा रूस–नेपाल सहयोग तथा मैत्री समाज (अन्तरिक्ष यात्री भ्लादिमिर जानिबेकोभ, अध्यक्ष मिखाइल नेक्रासोभ, मानार्थ अध्यक्ष अलेक्सान्द्र सोलोभेभ, कार्यकारी सचिव बोरिस भेर्शिनिन) आदिका पदाधिकारीहरूका साथै गैरआवासीय नेपाली संघ रूस एवं रुसमा बसोवास गरिरहेका नेपालीहरूका सबै सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको पनि समुपस्थिति रहेको थियो ।
गैरआवासीय नेपाली संघ रूसका प्रतिनिधिहरूले नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरूलाई रूसको राजधानी मास्को तथा रूसको सांस्कृतिक राजधानी सेन्ट–पिटर्सबुर्गका दर्शनीय स्थलहरूको दृश्यावोकन गराएका थिए ।
फोटो सौजन्य :गैरआवासीय नेपाली संघ रूस,
दिनाङ्क : २५ नोभेम्बर २०१६
मास्को, रूस महासंघ ।

वि.सं.२०७३ मंसिर १३ सोमवार ०७:०३ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...