back

उचित मुल्य नपाएपछि बोटमै रह्यो सुन्तला

वि.सं.२०७३ मंसिर १३ सोमवार

513 

shares
GLOBAL IME AD
NTC AD

orange१३ मङ्सिर,पाल्पा सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन्

साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने रु ८० देखि रु ९० मा प्रतिकिलो सुन्तला किनेर खान बाध्य छन् ।

प्रतिकिलो रु ३५ मा नै सुन्तला ढुवानी गर्नुपर्ने भएपछि बिचौलियाले बढी नाफा खाने तर आफूहरुलाई उत्पादन मूल्यसमेत उठाउन समस्या भएको ती किसान बताउँछन् ।

तानसेनदेखि पश्चिमका गाविसबाट झन्डै रु पाँच करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा समेत निर्यात हँुदै आएकामा यसवर्ष ढुवानी मूल्य बढेको भन्दै मुनाफा नदिँदा सुन्तला नै नटिपेको मुझुङ गाविस–४ का राजु कार्कीले बताउनुभयो ।

मुझुङ गाविसबाट गत वर्ष रु ३३ लाख, छहरा गाविसबाट मात्र रु एक करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा निर्यात भएको थियो । सुन्तलाबाट रु एक लाखभन्दा बढी आम्दानी गर्ने किसान बढेपछि यो गाउँका अधिकांशले वैदेशिक रोजगारबाट फर्केर सुन्तलाखेती थालेको कार्कीको भनाइ छ । गाउँबाट प्रत्येक वर्ष ७० देखि ८० टनसम्म सुन्तला बिक्री वितरण गर्दै आएका किसान अहिले सुन्तलाको मूल्य नपाउँदा समस्यामा परेका हुन् ।

तीनसय बोटका सुन्तलाले कार्कीको बगैँचा पहेँलपुर बनाएको छ । यसपालि सुन्तला धेरै फलेर हाँगा नै नुगेका छन् । पाँच सात वर्षमा नै सुन्तलाबाट प्रत्येक वर्ष डेढ दुई लाख आम्दानी हुन थालेकाले वृद्ध आमाबुबासँग घरमा बसेर सुन्तला, तरकारीखेती गर्दै आएको उहाँले आउनुभयो ।

अर्का कृषक रामबहादुर कार्की भएका ३५ वटा बोटका सुन्तलाबाट आम्दानी कम हुने हो कि भनेर चिन्तित हुनुहुन्छ । यस्तै छहरा, पालुङमैनादी, सोमादी, भुवनपोखरी, कुसुमखोला, खस्यौली, भैरवस्थानलगायतका किसानले राम्रो मूल्य नपाएपछि अझै सुन्तला टिपेका छैनन ।

छहरा गाविस–५ अम्लाबासका पारशमणि पोखरेलका अनुसार सुन्तलाको मूल्य अझै राम्रो हुने आशामा किसानले सुन्तला नटिपेका हुन् । पाकेको सुन्तला बढी समयसम्म बोटमा राख्दा अर्को वर्ष कम फल्ने चिन्तासमेत उनीहरुमा छ । रासस

 

वि.सं.२०७३ मंसिर १३ सोमवार ०९:०१ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि विभागले चलायाे मुद्दा

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि विभागले चलायाे मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन...

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन...

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

  सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल...