back
CTIZAN AD

उचित मुल्य नपाएपछि बोटमै रह्यो सुन्तला

वि.सं.२०७३ मंसिर १३ सोमवार

876 

shares

orange१३ मङ्सिर,पाल्पा सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन्

साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु १० र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो रु ३५ मा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने रु ८० देखि रु ९० मा प्रतिकिलो सुन्तला किनेर खान बाध्य छन् ।

प्रतिकिलो रु ३५ मा नै सुन्तला ढुवानी गर्नुपर्ने भएपछि बिचौलियाले बढी नाफा खाने तर आफूहरुलाई उत्पादन मूल्यसमेत उठाउन समस्या भएको ती किसान बताउँछन् ।

तानसेनदेखि पश्चिमका गाविसबाट झन्डै रु पाँच करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा समेत निर्यात हँुदै आएकामा यसवर्ष ढुवानी मूल्य बढेको भन्दै मुनाफा नदिँदा सुन्तला नै नटिपेको मुझुङ गाविस–४ का राजु कार्कीले बताउनुभयो ।

मुझुङ गाविसबाट गत वर्ष रु ३३ लाख, छहरा गाविसबाट मात्र रु एक करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा निर्यात भएको थियो । सुन्तलाबाट रु एक लाखभन्दा बढी आम्दानी गर्ने किसान बढेपछि यो गाउँका अधिकांशले वैदेशिक रोजगारबाट फर्केर सुन्तलाखेती थालेको कार्कीको भनाइ छ । गाउँबाट प्रत्येक वर्ष ७० देखि ८० टनसम्म सुन्तला बिक्री वितरण गर्दै आएका किसान अहिले सुन्तलाको मूल्य नपाउँदा समस्यामा परेका हुन् ।

तीनसय बोटका सुन्तलाले कार्कीको बगैँचा पहेँलपुर बनाएको छ । यसपालि सुन्तला धेरै फलेर हाँगा नै नुगेका छन् । पाँच सात वर्षमा नै सुन्तलाबाट प्रत्येक वर्ष डेढ दुई लाख आम्दानी हुन थालेकाले वृद्ध आमाबुबासँग घरमा बसेर सुन्तला, तरकारीखेती गर्दै आएको उहाँले आउनुभयो ।

अर्का कृषक रामबहादुर कार्की भएका ३५ वटा बोटका सुन्तलाबाट आम्दानी कम हुने हो कि भनेर चिन्तित हुनुहुन्छ । यस्तै छहरा, पालुङमैनादी, सोमादी, भुवनपोखरी, कुसुमखोला, खस्यौली, भैरवस्थानलगायतका किसानले राम्रो मूल्य नपाएपछि अझै सुन्तला टिपेका छैनन ।

छहरा गाविस–५ अम्लाबासका पारशमणि पोखरेलका अनुसार सुन्तलाको मूल्य अझै राम्रो हुने आशामा किसानले सुन्तला नटिपेका हुन् । पाकेको सुन्तला बढी समयसम्म बोटमा राख्दा अर्को वर्ष कम फल्ने चिन्तासमेत उनीहरुमा छ । रासस

 

वि.सं.२०७३ मंसिर १३ सोमवार ०९:०१ मा प्रकाशित

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

वित्त शास्त्रका प्राज्ञिक व्यक्तित्वहरूसँग धितोपत्र बोर्डको नीति संवाद

ललितपुर । नेपाल धितोपत्र बोर्डको आयोजनामा नेपालका विभिन्न विश्वविद्यालयमा वित्त...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

तीन लाख वर्गफिटमा फैलिँदै नाडा अटो शो, ५३ सवारी ब्राण्डसहित २०० बढी स्टल

काठमाडौं। यो महिना नेपालले गाडी हेर्दै बितायो । अर्को हप्ता,...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...