देउराली निम्न माध्यामिक विद्यालय हुवास ९ को ५१ औ बार्षिकोत्सव सम्पन्न भएको छ ।
पर्वतको हुवास वडा नं ९ भुर्तेलथोकमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित ५१ औ बार्षिकोत्सव तथा ५० औ अभिभावक दिवस सम्पन्न गरेको हो ।
अभिभावक दिवस तथा बार्षिकोत्सवको अवसर पारेर देउराली निमाविले नव निर्मित विद्यालयको भवन र खानेपानी उद्घाटन समेत गरेको छ ।
प्रमुख अतिथि तथा पर्वत क्षेत्र नं २ का सभासद विकास लम्साल र जिल्ला शिक्षा अधिकारी रमेशकाज पौडेलले नव निर्मित विद्यालय भवनको समुउद्धाटन गरेका हुन।
कार्यक्रममा बोल्दै सभासद लम्सालले पर्वतमा विकास गर्नको लागि आफुहरु दिन लागि दिन रात नभनि लागि परेको बताए । उनले देउराली निम्न माध्यामिक विद्यालयलाई आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।
सोही अवसरमा विद्यार्थीहरुलाई छात्रावृति र पुरस्कार समेत वितरण गरेको प्रअ जगनाथ भुर्तेलले सुचनाकेन्द्रलाई बताए ।
उनले कार्यक्रममा उपस्थित भई सहयोग गर्ने समाजसेवी, अभिभावक, भुपु विद्यार्थी, राजनितिक दल , पत्रकार लगाएत सम्पुर्णलाई धन्यबाद ब्यक्त गरेका छन ।
वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:३३ मा प्रकाशित