back

बेल्जियममा राजदुत थापाको सम्मान

वि.सं.२०७३ मंसिर १४ मंगलवार

534 

shares
GLOBAL IME AD
NTC AD

rajdoot-thapa-1

बेल्जियमका लागि नबनियुक्त नेपाली राजदुत लोकबहादुर थापालाई बिशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको छ ।

गैरआबासिय नेपाली संघ बेल्जियमले लुबेनमा आयोजना गरेको बिशेष सास्कृतिक साझमा राजदूता थापाको स्वागत तथा सम्मान गरिएको थियो ।  नेपालबाट युरोप यात्रामा रहेका नेपाल ताराका ख्याती प्राप्त कलाकार दिपक लिम्बु, साइमा श्रेष्ठ, झरना रिजाल र अन्जल श्रेष्ठले सांस्कतिक साँझलाई रमाइलो बनाएका थिए ।

rajdoot-thapa-2

नेपालमा भुकम्प प्रभाबित क्षेत्रमा एक बिद्यालय निर्माणको प्रमुख उदेस्य राखेर आयोजना गरिएको कार्यक्रममा बेल्जियमका चार दर्जन भन्दा बढी सस्थाका अध्यक्ष एबम प्रतिनिधिहरु र ठूलो संख्यामा नेपालीहरुको सहभागीता रहेको थियो ।

गैर आबसिय नेपाली संघ बेल्जियमका अध्यक्ष लगायत केन्द्रिय तथा राष्ट्रिय समानवय पेरिसदका बिभिन्न व्इक्तिहरुले प्रमुख अतिथी राजदुत थापा र उहाकी धर्मपत्नी नानु थापालाई फुलका गुच्छा एबम खादा लगाएर स्वागत तथा सम्मान गरेका थिए ।

। त्यसैगरी बेल्जियममा स्थापित धेरै सस्थाका अध्यक्ष यबम प्रतिनिधिहरुले समेत राजदूत थापालाई खादा लगाइर सम्मान प्रकट गरेका थिए ।  गैरआबासिय नेपाली संघ बेल्जियमका अध्यक्षबाट सोही अबसरमा नेपालबाट आउनु भएका कलाकारहरुलाई खादा लगायर स्वागत गर्दै सास्कृतिक कार्यक्रम सुरु भएको थियो ।

गैरआबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम्मा प्रमुख अतिथीको आसनबाट राजदूत थापाले दुताबास र नेपाली समुदाय बिशेष गरेर एनआरएनइ र स्थापित सबै सस्थाहरु तथा नेपाली समुदायसँग मिलेर नेपाल र नेपालीको लागि काम गर्ने बताउँदै सो को लागि सबै पक्षलाई आबस्यक सहयोग गर्न समेत अनुरोध गरेका थिए ।  सस्थाका अध्यक्ष गंगाधर गौतमले राजदूत राजदुत र उहाकी धर्मपत्नी कलाकारहरु लगायत सम्पूर्ण उपस्थित बेल्जियम लक्स्जम्बर्ग बेलायत तथा नेपालबाट पाल्नु भएका सबैलाई अभिनन्दन गर्दै सबै उपस्थित प्रती आभार प्रकट गरेका थिए ।

दुई चरनमा सम्पन्न सो कार्यक्रममा स्वागत मन्तब्य सस्थाका उपाध्यक्ष पदम गुरुङले गरेका थिय भने औपचारिक र सास्कृतिक कार्यक्रम सन्चालन सस्थाका अर्का उपाध्यक्ष यसोधा थापाले गरेकी थिइन ।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:२४ मा प्रकाशित

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

युक्रेनी सेनाको कब्जामा रहेका दुई नेपालीको सकुशल उद्धार

काठमाडौं । युक्रेनी सेनाको कब्जामा परेका दुई नेपालीको सकुशल उद्धार...

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

प्रवासी नेपाली मञ्च जापान क्षेत्रीय कमिटीले  प्रशिक्षणात्मक अन्तरक्रिया गर्ने

काठमाडौँ । ‘सबल प्रवासी, समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ...

नर्वेमा मनाइयो सोनाम ल्होसार

नर्वेमा मनाइयो सोनाम ल्होसार

प्रेम परियार, ओस्लो, नर्बे । तामाङ समाज नर्बेद्वारा आयोजित मंजुश्री...

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...