back
CTIZAN AD

गायक तथा सर्जक डागीको ‘कति माया गर्छु’ बजारमा

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.2K 

shares

madhu-sudhan-dangi
बसन्त फिल्मस् प्रा.लि.को प्रस्तुतिमा सर्जक तथा गायक मधुसुधन डागीको लोक तथा दोहोरी गीति एल्बम ‘कति माया गर्छु’ बजारमा आएको छ । उक्त गित युट्युब मार्फत सार्वजनिक भएको हो ।

पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई बढी प्राथमिकता दिएर गितहरु तयार हुने गरेका छन । अझ भन्नुपर्दा नेपाली बजारमा एल्वम त बिक्नै छोडे, यति सम्म भयो कि भिडियो नबनाए सम्म कुनै पनि गित मिडियामा बज्दैनन । यतिबेला केवल युट्युवको भरमा नेपाली कलाकारहरुले आफ्नो दैनिकी चलाई रहेका छन ।

नेपाली सङ्गीत बजार ओरालो लागेतापनि नया कलाकार भित्रिने र कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई एवम माग अनुसारका गितहरु बजारमा पस्किने क्रम भने तीव्र गतिमा चलिरहेको छ । भर्खरै मात्र सार्वजनिक गरिएको “कति माया गर्छु” बोलको गीतमा पूर्ण रुपमा माया प्रेमका कुरा गरिएको छ ।

‘कति माया गर्छुू’ बोलको गीतमा छोटो समयमा एक दर्जन भन्दा बढी लोक दोहोरी तथा आधुनिक गीतमा शब्द सृजना गरी सकेका सर्जक तथा गायक मधु सुधन डागीको शब्द रहेको छ । उक्त गीतमा पछिल्लो समय चर्चामा रहेका गायक मेक्सम खाति र लोकप्रिय गायिका देबि घर्तिको आवाज रहेको छ ।

यतिबेला बजारमा सबत्र चर्चा बटुल्न सफल गित “कति माया गर्छु” बोलको गीतमा सर्जक नरेश खातीको लय रहेको छ । बिक्रम चौहानको निर्देशन रहेको भिडियोमा मोडल बुद्धबिर र सारिका के सि ले अभिनय गरेका छन् ।

भिडियोलाई मुकेस हुमाइगाइले छायाँकन तथा मिलन बि. क.ले सम्पादन गरेका हुन । कति माया गर्छु बोलको गितलाई वसन्त फिल्मस प्रालीले बजार व्यवस्थापन गरेको हो।

वि.सं.२०७३ मंसिर १४ मंगलवार ०२:३९ मा प्रकाशित

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

चलचित्र ‘गुरु आमा’ आगामी वैशाखमा प्रदर्शनमा आउने

काठमाडौं । प्रेम सोनी सुनारले निर्माण गरेको नेपाली कथानक चलचित्र...