१ कार्तिक काठमाण्डौं । ‘बम विस्फोटपछि उछिट्टिएको र्छरा मेरो छोराको तिघ्रामा लागेको थियो । आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटीलखेटि समाते । उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए । बोरामा कोचे । इँटाभट्टामा लगेर जिउँदै खरानी पारे, ’ त्रिलोकप्रताप सिंहका ७१ वर्षिय बाबु भन्छन्, ‘ इँटाभट्टामा हात अड्किएपछि बन्चरोले गिँडेर भित्र हालेछन् । सामान्य उपचार पाएको भए मेरो छोरो बाँच्थ्यो । जिउँदै जलाए पापिहरुले ।’ शुत्रबारको नयाँ पत्रिकादैनिकबाट
वि.सं.२०७६ कात्तिक १ शुक्रवार ०९:०५ मा प्रकाशित






























