back
CTIZAN AD

कर्मचारी समायोजन विधेयक ल्याउने तयारी

वि.सं.२०७३ मंसिर १४ मंगलवार

1.3K 

shares

१४ मङ्सिर, काठमाडौँ  । सङ्घीय संरचनाअनुसार निजामती कर्मचारीलाई व्यवस्थापन गर्नका लागि सामान्य प्रशासन मन्त्रालयले ‘कर्मचारी समायोजन विधेयक’ ल्याउने तयारी गरेको छ ।

सङ्घीय संरचनाअनुसार कर्मचारीलाई व्यवस्थापन गर्नका लागि विधेयक ल्याउने तयारी सुरु गरिएको मन्त्रालयका सहायक प्रवक्ता नन्दराज ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार विधेयक तयारीका लागि मन्त्रालयले कानुन मन्त्रालय र अर्थमन्त्रालयसँग राय माग्नका लागि पत्र पठाएको छ ।

कर्मचारी व्यवस्थापनका लागि अहिले मन्त्रालयले कुन मन्त्रालय, निकायमा कति निजामती कर्मचारी कार्यरत रहेका छन्, तिनीहरुको लगत सङ्कलन गरिरहेको छ । ‘‘अहिले कहाँ कति कर्मचारी छन्, त्यसको लगत सङ्कलन गरिरहेका छौँ’’, उहाँले भन्नुभयो– ‘‘त्यो सङ्कलनसँग विधेयकलाई अन्तिम रुप दिन्छौँ ।’’

उहाँका अनुसार सङ्घीय संरचनाअनुसार २० प्रतिशत कर्मचारी केन्द्रीय तह, ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रदेश तह र करिब २५ प्रतिशत स्थानीय निकाय तहमा कर्मचारी राख्ने मन्त्रालयले तयारी गरेको छ । ‘‘प्रदेशमा धेरै काम हुने भएकाले कर्मचारी पनि धेरै राख्ने तयारी छ’’, उहाँले भन्नुभयो–‘‘केन्द्र र स्थानीय तहमा भने करिब बराबर कर्मचारीको अनुमान गरेका छौँ ।” अहिले ८३ हजार निजामती कर्मचारी रहेका छन् । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १६:१० मा प्रकाशित

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरबाट चितुवाको उद्धार

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती...

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटी । घर लिप पोतका लागि माटो खन्न गएकी यहाँको...

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

सात जिल्लाका चार सय त्रियानब्बे उम्मेदवारको जमानत जफत

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा...

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

समयमा पानी पर्दा उदयपुरमा कोदो उत्पादनमा बृद्धि

उदयपुर (गाइघाट) । उदयपुरमा गतवर्षको तुलनामा यसवर्ष कोदो उत्पादनमा बृद्धि...

समानुपातिकमा एक करोड चार लाख मतगणना

समानुपातिकमा एक करोड चार लाख मतगणना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड चार...

सुनचाँदीकोे मूल्य बढ्यो

सुनचाँदीकोे मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।...