back
CTIZAN AD

मन्त्री लेखक अचानक यातायात कार्यालय पुग्दा

वि.सं.२०७३ मंसिर १४ मंगलवार

987 

shares

१४ मङ्सिर, ललितपुर  । चालक अनुमतिपत्रको फारम भर्नका लागि सेवाग्राहीले हैरानी पाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक आज एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमती अञ्चल कार्यालय पुग्नुभएको छ ।

मन्त्री लेखकसँगै यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ पनि कार्यालय पुग्नुभएको थियो । कार्यालयमा लाममा बसेका सेवाग्राहीले आफूले रातिदेखि नै लाममा बस्नु परेको गुनासो गरेका छन् ।

मन्त्री लेखक चालक अनुमतिपत्र र साना–ठूला सवारी शाखा गरेर दुवै शाखामा पुगेको मन्त्रीका सल्लाहकार ईश्वरीप्रसाद जोशीले बताउनुभयो ।

मन्त्री लेखकले चालक अनुमतिपत्र वितरणका लागि थप तीन ठाउँमा कार्यालय खोल्न ढिला नगर्न पनि महानिर्देशक श्रेष्ठलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयको कार्यभार सम्हालेको केही समयमा नै सल्लाघारी, कलङ्की र चाबहिल गरेर तीन ठाउँमा नयाँ कार्यालय खोलेर सेवा दिन निर्देशन दिनुभएको थियो ।

महानिर्देशक श्रेष्ठले घर बहालमा लिन समस्या भएको बताउनुभयो । “घर भाडामा लिन पहल भए पनि भूकम्पप्रतिरोधी भवन खोजिरहेकाले समय लागेको हो”, महानिर्देशक श्रेष्ठले श्रेष्ठले भन्नुभयो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १६:०९ मा प्रकाशित

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

बाढी प्रभावित १२० मध्ये ८० साइटमा मोबाइल सेवा सुचारु

काठमाडौं। नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका...

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

भोटेकोशी बाढीः मृतकको सङ्ख्या ७३४ पुग्यो, दुई हजार ६९९ जनाको उद्धार

काठमाडौँ । भोटेकोशी बाढीमा परी ज्यान गुमाउनेको सङ्ख्या ७३४ पुगेको...

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन आग्रह, अनधिकृत उडान गरे कारबाही हुने

काठमाडौं । रसुवागढी नाका हुँदै नेपाल प्रवेश गरेको भोटेकोसी नदीमा...

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

कृष्णभिरमा सडक भासिएपछि मुग्लिन काठमाडौँ सडक अवरुद्ध

धादिङ । प्रलयकारी बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका–स्थित कृष्णभीरमा...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...