back

मन्त्री लेखक अचानक यातायात कार्यालय पुग्दा

वि.सं.२०७३ मंसिर १४ मंगलवार

231 

shares
NTC AD
Global IME AD

१४ मङ्सिर, ललितपुर  । चालक अनुमतिपत्रको फारम भर्नका लागि सेवाग्राहीले हैरानी पाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक आज एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय बागमती अञ्चल कार्यालय पुग्नुभएको छ ।

मन्त्री लेखकसँगै यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ पनि कार्यालय पुग्नुभएको थियो । कार्यालयमा लाममा बसेका सेवाग्राहीले आफूले रातिदेखि नै लाममा बस्नु परेको गुनासो गरेका छन् ।

मन्त्री लेखक चालक अनुमतिपत्र र साना–ठूला सवारी शाखा गरेर दुवै शाखामा पुगेको मन्त्रीका सल्लाहकार ईश्वरीप्रसाद जोशीले बताउनुभयो ।

मन्त्री लेखकले चालक अनुमतिपत्र वितरणका लागि थप तीन ठाउँमा कार्यालय खोल्न ढिला नगर्न पनि महानिर्देशक श्रेष्ठलाई निर्देशन दिनुभएको छ । उहाँले मन्त्रालयको कार्यभार सम्हालेको केही समयमा नै सल्लाघारी, कलङ्की र चाबहिल गरेर तीन ठाउँमा नयाँ कार्यालय खोलेर सेवा दिन निर्देशन दिनुभएको थियो ।

महानिर्देशक श्रेष्ठले घर बहालमा लिन समस्या भएको बताउनुभयो । “घर भाडामा लिन पहल भए पनि भूकम्पप्रतिरोधी भवन खोजिरहेकाले समय लागेको हो”, महानिर्देशक श्रेष्ठले श्रेष्ठले भन्नुभयो । रासस

वि.सं.२०७३ मंसिर १४ मंगलवार १६:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...