back
CTIZAN AD

रगत भण्डारणका लागि उपकरण सहयोग

वि.सं.२०७६ कात्तिक ३ आइतवार

843 

shares

३ कार्तिक, गलकोट । रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङद्वारा सञ्चालित रक्त सञ्चार केन्द्र सुधारको अभियान चलाइएको छ । रक्त सञ्चार केन्द्रलाई सुधार गरी आधुनिक बनाउनका लागि प्रवासीको सहयोग आउनेक्रम जारी रहेको छ । बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्र बागलुङका लागि रगत भण्डारण गर्नका लागि आवश्यक उपकरण सहयोग गरेको छ ।

बागलुङ समाज बेल्जियमले रक्तसञ्चार केन्द्रमा एकै पटक २०० पोका रगत सुरक्षित भण्डारण गर्न मिल्ने आधुनिक उपकरण (फ्रिज) शनिबार हस्तान्तरण गरेको छ । रोजगारका लागि बेल्जियममा रहेका बागलुङवासीको पहलमा सङ्कलन गरिएको रु तीन लाख ७५ हजारबाट उक्त रगत भण्डारण औजार खरीद गरी सहयोग गरिएको बागलुङ समाज बेल्जियमका अध्यक्ष गङ्गा शर्माले बताउनुभयो । “आफूहरु बेल्जियममा रहे पनि, मन तथा मस्तिष्क बागलुङमै रहेको छ”, शर्माले भने, “रगत अभावका कारण बिरामीले अकालमा मर्न नपरोस् भन्नका लागि भण्डारण औजार हस्तान्तरण गरेका हौँ ।” शर्माले आगामी दिनमा रक्त सञ्चार केन्द्रलाई थप सहयोग गर्नका लागि सहकार्य गर्ने बताए ।
रक्त सञ्चार केन्द्रलाई थप व्यवस्थित गराउने अभियानअन्तर्गत रगत भण्डारण औजार सहयोग भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका कार्यवाहक सभापति राजेन्द्र आचार्यले जानकारी दिए । “रक्तसञ्चार केन्द्र अत्यन्तै संवेदनशील क्षेत्र हो”, आचार्यले भने, “हामीले रक्तसञ्चार केन्द्र सुधारका लागि रु ५० लाखको लागत अनुमान गरेका छौँ, सहयोग आउने क्रम जारी छ ।”
आचार्यका अनुसार बागलुङ रक्त सञ्चार केन्द्र सुधार परियोजनाअन्तर्गत एनआएन नेदरल्याण्डले थानेश्वर कँडेलको संयोजनमा रु ११ लाखको एम्बुलेन्ससमेत सहयोग प्रदान गरेको छ । यस्तै रक्त सञ्चार केन्द्रको ल्याबलाई अत्याधुनिक तथा सेतो रगतसमेत उत्पादन गर्ने उद्देश्यअनुसार रु २४ लाख बराबरको ३६ प्रकारका अत्याधुनिक उपकरण रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण हुने प्रक्रियामा रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङले जनाएको छ । (रासस)

वि.सं.२०७६ कात्तिक ३ आइतवार ०९:५९ मा प्रकाशित

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी...

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

सुर्खेतमा ग्यास अभाव छैनः आयल निगम

कर्णाली । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव...

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बजारबाट स्रोत नखुलेको नगद...