back
CTIZAN AD

काम नपाएको केशवदत्तको डोजरले ८ जना मान्छे सोहोर्यो

वि.सं.२०७६ कात्तिक ६ बुधवार

639 

shares

५ कात्तिक, बैतडी । सोमबार मध्यान्ह् १२ बज्दै थियो । स्थानीय केशव जोशी डोजर लिएर दशरथचन्द नगरपालिका ९, ग्वाल्ले गाउँमा आइपुगे । यो ठाउँमा सडक बनाउन संघीय प्रदेश वा स्थानीय तह कसैको पनि योजना थिएन । तर, जोशीको डोजरले काम पाइरहेको थिएन । त्यसैले उनले आफ्नै गाउँमा डोजर लिएर गए । साथमा थिए चालक किशोर बोहोरा ।

केशव स्थानीय सडक उपभोक्ता समितिका पूर्वअध्यक्ष हुन् । तर, सो क्षेत्रमा सडक खन्ने विषयमा गाउँलेवीच सहमति हुन सकेको थिएन । त्यसैले नयाँ समिति बनेको थियो । तर, पनि सडक खन्ने विषयमा सहमति जुटिसकेको थिएन ।

स्थानीय दशरथ चन्द नगरपालिकाले पनि यसको लागि कुनै बजेट छुट्याएको थिएन । स्थानीय जनप्रतिनिधिलाई अहिले बाटो खन्दै गर्छु, पैसा पछि मिलाउँला भनेर सहमति गरेको उनको भनाइ छ । तै पनि मेयरले यस्तो बचन दिएको स्वीकार नगरेको बुधबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।

गाउँमा अचानक डोजर आएर स्थानीयको बारी खन्न थालेपछि सबैले डोजरको विरोध गरे । स्थानीय डोजरको अगाडि उभिए । तर, डोजर रोकिएन डोजर अगाडि उभिएका आठ जनास्थानीयलाई सोहोरेर घाईते बनाएपछि बल्ल डोजर रोकियो । डोजर चालक बोहोरा पक्राउ परेका छन् ।

वि.सं.२०७६ कात्तिक ६ बुधवार ०९:०१ मा प्रकाशित

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...