back
CTIZAN AD

हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.1K 

shares

१६ मङ्सिर,काठमाडौँ । मुलुकमा देखापरेको अस्थिरता र अन्योलता अन्त्यका लागि हिन्दू राष्ट्र कायम गर्नुपर्नेमा जोड दिइएको छ ।

हिन्दु राष्ट्र स्थापना महाअभियानले बुधबार राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले नेपालको संस्कृति र पहिचानलाई संरक्षण गर्न मुलुकलाई हिन्दू राष्ट्रमा फर्काउनुपर्ने सुझाव दिए ।

पूर्वसभामुख तारानाथ रानाभाटले अहिले देशमा सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डतामा सङ्कट देखापरेको बताउँदै सबै नेपालीलाई एकतामा बाँध्न हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिनुभयो ।  नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काले देशलाई हिन्दू राष्ट्र कायम गराउन सबै नागरिक एकजुट हुनुपर्ने बताउनुभयो ।

काँग्रेसका नेता लक्ष्मण घिमिरे, चिरञ्जीवी वाग्ले, मोहन बस्नेत, पुष्पा भुसाल तथा पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवाल, विश्व हिन्दू महासङ्घका महासचिव अस्मिता भण्डारीले हिन्दू राष्ट्रभित्र सबै धर्म र संस्कृति सुरक्षित हुनसक्ने धारणा व्यक्त गर्नुभएको थियो । रासस

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०३:०१ मा प्रकाशित

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

हेर्नुहोस् २०८३ सालमा कति दिन छ त सार्वजनिक बिदा

काठमाडौँ । सरकारले विसं २०८३ सालको सार्वजनिक बिदाको सूची सार्वजनिक...

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

आज पहाडी जिल्लामा होली: सार्वजनिक बिदासहित रङ्गको उत्सव

काठमाडौं। पहाडी जिल्लामा आज रंगहरूको पर्व होली हर्षोल्लासका साथ मनाइँदै...

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

प्रतिनिधिसभा निर्वाचन ३ बाँकी : देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने...

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

फेरि नियन्त्रणमा दुर्गा प्रसाईँ, सार्वजनिक शान्ति विरुद्धको अनुसन्धान अघि बढ्यो

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका...