back
CTIZAN AD

भोली शुक्रबार सार्वजनिक बिदा

वि.सं.२०७६ कात्तिक २१ बिहीवार

840 

shares

२१ कार्तिक, काठमाण्डौ । बूढानीकलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते शुक्रबार परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताए ।

नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी (तुलसी विवाह) का दिन विशेष मेला लाग्ने भएको हुनाले नगरपालिकामा स्थानीय पर्वको रुपमा सो दिन सार्वजनिक बिदा दिने भएको प्रशासकीय अधिकृत कोइरालाले जानकारी दिए ।

स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ । उक्त दिन नगरपालिका अन्तर्गत रहेका नगरपालिका– वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने बताइएको छ ।

बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा बूढानीलकण्ठ दर्शन गर्न जाने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गर्दछ । (रासस)

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १६:१३ मा प्रकाशित

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

सिप्रभ्य समूह अन्तर्गतका सिप्रदी तथा भोटेकोशी पावर कम्पनीद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग

काठमाडौँ । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापना...