back
CTIZAN AD

गण्डकी प्रदेश घुम्ने ३३ प्रतिशत पर्यटक बढे

वि.सं.२०७६ कात्तिक २१ बिहीवार

831 

shares

२१ कार्तिक, काठमाण्डौं । सन् २०१९ को अक्टोबर महिनामा २४ हजार ४७७ विदेशी पर्यटकले गण्डकी प्रदेशको भ्रमण गरेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्क अनुसार यो सङ्ख्या अघिल्लो सेप्टेम्बर महिनाको तुलनामा ३३ दशमलव ं३३ प्रतिशतले बढी हो । सेप्टेम्बर महिनामा १८ हजार ३५१ पर्यटकले सो प्रदेश भ्रमण गरेका थिए ।

अक्टोबर पर्यटकीय आगमनका हिसाबले व्यस्त मौसम भएकाले अघिल्लो महिनाको तुलनामा अक्टोबरमा पर्यटकको सङ्ख्या वद्धि भएको बोर्डले जनाएको छ ।

पर्यटक आगमनको प्रवृत्ति हेर्दा अक्टोबर महिनामा लगभग ५६ प्रतिशत पोखरा विमानस्थलबाट, ३८ प्रतिशत पृथ्वी राजमार्ग भएर गएका छन् । यसरी नै गण्डकी प्रदेश भित्रिने पर्यटकमा तेस्रो मुलुकका पर्यटकको हिस्सा ७२ दशमलव दुई प्रतिशतले बढी छ ।

उक्त अवधिमा १७ हजार ७६२ र भारतबाट छ हजार ७१५ पर्यटक तेस्रो मुलुकबाट आएका छन् । प्रदेशकोे पोखरा विमानस्थल कार्यालय, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीले सङ्कलन गरेको अन्तर्रा्ष्ट्रिय पर्यटकको तथ् । (रासस)

वि.सं.२०७६ कात्तिक २१ बिहीवार १५:५४ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...