आदरणीय पाठकबृन्द हामी कसले बिर्सौला र ? २०७२ बैशाख १२ को भूइँचालो । जसले दशौं हजारको ज्यान लियो, बिसौं हजार घाइते बनायो र लाखौलाई तर्सायो । पचासौँ हजार घर गल्र्यामगुर्लुम ढले । दुनियाको होसहवासै उड्यो । मुन्छे नै हराएको बेला, लोग्ने र श्रीमती विछोडिनु परेको बेला के–के हरायो के–के हरायो ? कसले सोधिखोजी ग¥यो र त्यतिबेला ।
अहिले त पाठकबृन्द, निकै विषयमा सोधिखोजी हुन थालेको छ । भूइँचालोको पिर व्यथा सोध्नेलाई के थाहा ? नेपालीमा उखान छ नी अचानोको पिर खुकुरीलाई के थाहा ? भूइँचालाले बित्यास पारेको कुरो अदालतलाई के थाहा भनुम भने सर्वोच्च अदालत आफैं पुननिर्माणको कोर्सबाट गुज्रेको छ, थाहा छैन भनुम भने नियूक्ति पत्र–मूला पनि उसैलाई चाहिने । सानो मुन्छेको निउतिपत्र हो र पाठकबन्द, भीमकाय शरीर भएका बडेमानका लोकमान । सामान्य मुन्छेको नियुक्ति पत्र मागेको भए त भेटिन्थ्यो नी पाठकबृन्द । तर, अदालत पनि कति बाठो नियुति पत्र पो मागेछ ।
भूइँचालोको “भूइँ चालो” प्रभावले अझै ग्रस्त बनेको देशमा जावो पत्र हरायो त के भयो ! सिंहदरबारमा गोताखोर ल्याएर १० दिनपछि पत्र फेला परेको भन्नु नै aकिन पथ्र्यो र ? सिङ्गो आकास खसेको त थिएननी ! जाबो २ अनुच्छेदको निउतिपत्र खोज्न । भूइँचालोले माफ दिइसकेपछि फेरि के को टनटन हाम्लाई, होइन र पाठकबृन्द !
वि.सं.२०७३ मंसिर १६ बिहीवार ०८:५४ मा प्रकाशित