‘न्याय नपाए गोर्खा जानु’ भन्ने उपदेशहरूले कथा बनाएको नेपालमा ‘मन्त्री नपाए बालुवाटार जानु’ र ‘मरि पो दिन्छु’ भनेर धम्क्याउनुलाई नयाँ उखान बनाइएको छ, पाठकबृन्द ।
कुरो की परेर जानिन्छ की पढेर जानिन्छ भन्थे बुढापाकाले । समाचार चाहिँ पढेर थाहा भएको हो पाठकबृन्द, कुरो चाहि एक शक्तिसाली सांसदले बालुवाटारमा पुगेर आफ्ना नेतागणसँग मन्त्री माग्नु कुनै नौलो कुरो होइन पाठकबृन्द । खनखनी मत खसालेर धाँधलीरहित चुनाव जितेका मध्यपश्चिम नेपालको बस्नेत काजी खलकका एक माओवादी नेताले पार्टीको इज्जत आफूले थामेको कारण मन्त्री पाउनै पर्ने प्रस्ताव गरेकै हुन रे । यो हकदावा स्वभाविक नभन्ने को होला र पाठकबृन्द । सीमाकै जिल्लाबाट २ जनै शौती शाली मन्त्री बन्ने, त्यहि अर्कोमा अबहेलना गर्ने ? प्रश्न पनि होला पाठकबृन्द ।
मिडियाहरूले बङ्ग्याएर र चोइट्याएर कसरी प्रचार गरे त्यो उनीहरूले जानुन । मन्त्री नपाए आत्महत्या गर्छु भनेको समेत प्रचारबाजी भयो । जति गरे पनि उनीमाथि दया भएन पाठकबृन्द । सचेतकको सुविधा दिएर उनलाई मन्त्री नपाए मुन्तीर गराइयो भन्ने हल्ला सुनिएको छ । फेरि माउवादीमा राम शाहकालीन गोर्खाली न्यायको कुरो के गरौ र पाठकबृन्द ! यस्तै रहेछ यहाँको चलन….।
वि.सं.२०७३ मंसिर १६ बिहीवार ०८:५६ मा प्रकाशित