back

सुर्के थैली खोइ, म्याडम, सुर्के थैली खोइ

वि.सं.२०७३ मंसिर १६ बिहीवार

828 

shares
GLOBAL IME AD
NTC AD

“लैबरी लैबरी लई–पटुकीमा सिउरेको सुर्केथैली खोइ ?” हामी नेपालीका ओठ ओठमा चल्ने गीत हो यो । तर कर्केनजरले गीतको यो टुक्का कुन प्रसङ्गमा मिसाउन खोज्यो त्यो भने बेग्लै छ, पाठकबृन्द ।

प्रसङ्ग कहाँनेर छ भने, हाम्रा विदेश वा परराष्ट्र मामिला मन्तरी डाउटर प्रकाशसरण महतको विशिष्ठ भेटघाटको हो । यो भेटघाट सिंहदरबार ग्यालरीको पनि होइन र पशुपतिनाथको परिसर भित्रको पनि होइन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी मन्तरीका रुपमा रहेका डाउटर महतले आफ्ना समकक्षी सुष्मा स्वराजलाई उपहार दिने क्रममा सुर्के थैलीको प्रसङ्ग निस्किएको चाहि पक्का हो । भलै अघिल्ला दिन दिल्लीबाट फर्केको जहाजले झण्डै बित्यास पारेको घटना र अत्तालिएको मनका बाबजुद् उनले आफ्ना समकक्षीलाई सुर्के थैली किन्न भ्याएकै मान्नुपर्छ पाठकबृन्द ।

तर दिने बेलामा पूर्वतयारीको कमिले हो की “खोइ ल्याउ त ?” भैहाल्यो । अनि दिएपछि थैली खोलिदिएको र पछि लाइदिएको दृश्य समेत पनि लुक्न सकेन । उता सीता म्याडमको शिष्टता समेत टिप्पणीमा परेको बेला बिचरा महतको सुर्के थैलीले पनि ठाउँ पाएकै मान्नुपर्छ होइन र पाठकबृन्द !

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०८:५३ मा प्रकाशित

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको रु तीन करोड...

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर...

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

प्रचण्डद्वारा नाम्खाका बासिन्दालाई सुरक्षित बसोबासको व्यवस्था मिलाउन ध्यानाकर्षण

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल...

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई दशमलव ७९...

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान

गण्डकी । गण्डकी प्रदेशसभाको अधिवेशन यही जेठ ११ गतेदेखि सुरु...