back
CTIZAN AD

आयोग निर्वाचन गराउन तयार छ – आयुक्त शर्मा

वि.सं.२०७३ मंसिर १६ बिहीवार

1.1K 

shares

१६ मङ्सिर, नेपालगन्ज। निर्वाचन आयोगका आयुक्त इला शर्माले सबै तहको निर्वाचन गराउन आयोग तयार रहेको बताउनुभएको छ ।
आयोगद्वारा आज यहाँ आयोजित ‘निर्वाचन कानुन र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “हामीलाई निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्छ र त्यो व्यवस्था भयो भने निर्वाचन गराउनु सकिन्छ ।”

आयुक्त शर्माले निर्वाचनका लागि मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक भए आयोगले निर्वाचन गर्नसक्छ भन्नुभयो ।

पत्रकारहरुको जिज्ञासामा निर्वाचनले संविधान संशोधनका विषयलाई ओझेलमा नपार्ने बताउँदै उहाँले संविधान संशोधनको विषय राजनीतिक भएकाले यसमा आयोगको कुनै भूमिका रहँदैन भन्नुभयो ।

आयुक्त शर्माको थप भनाइ थियो – “आयोगले आफ्नो मर्यादा बिर्सेको छैन, निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउनु नै आयोगको एकमात्र उद्देश्य रहन्छ ।”

अन्तक्र्रियामा जिल्ला कार्यक्रम व्यवस्थापन समिति, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

वि.सं.२०७३ मंसिर १६ बिहीवार ०८:२४ मा प्रकाशित

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

सुरुङमार्ग संचालन भएकोमा खुशी व्यक्त गर्दै खनालले भने– “नीतिगत निरन्तरताको प्रतिफल हो यो आयोजना”

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ...

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

देवानगञ्ज घटनाप्रति बाबुराम भट्टराईको चिन्ता- ‘विवेक र संयम अपनाऔँ’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा...

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

करिडोरमा ठोकिँदा ट्रकमा आगलागी, चालकको जलेर मृत्यु

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक...