२६ कात्तिक, जाजरकोट । जाजरकोटका पण्डितहरुले अब विवाह कर्म गराउनु अघि केटा र केटीको नागरिकता हेर्नुपर्नेभएको छ ।
जिल्लामा बालबिवाह बढेपछि पण्डितहरुले नागरिकता हेरेर मात्र उमेर पुगेकाको मात्र विवाह गराउनुपर्ने नियम प्रहरीले बनाएको हो । नियम उल्लंघन गर्ने पण्डितमाथि कारबाही गर्ने प्रहरीको चेतावनी छ ।
‘जिल्लाका पण्डितहरुसँग हामीले छलफल गर्यौ । वर–बधूको जन्मदर्ता र नागरिकताको प्रमाण हेरेर मात्रै विवाह कार्यक्रम अघि बढाउन पण्डितहरु सहमत भएका छन्,’ जिल्ला प्रहरी प्रमुख डिएसपी श्याम बहादुर खत्रीले भने, ‘यो नियम नमान्ने पण्डितले कारबाही भोग्नुपर्छ ।’
प्रहरीसँग वालविवाह बारे प्रशिक्षण लिएपछि पण्डितहरुपनि केटा केटीको नागरिकता हरेपछि उमेर पुगेकाको मात्रै विवाह गराउन सहमत भएको समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।
वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०८:५६ मा प्रकाशित






























