back
CTIZAN AD

‘१०–१० किमिमा सुरक्षा पोष्ट’- गृहमन्त्री

वि.सं.२०७६ कात्तिक २६ मंगलवार

711 

shares

दुई देशको सहमतिविना सीमाको नकसा परिवर्तन हुन नसक्ने – पद्माकुमारी अर्याल,भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री

२६ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा सुरक्षा पोष्ट बढाउने गृहकार्य भईरहेको बताएका छन् । प्रतिनिधिनिसभाको राज्यव्यवस्था समितिको बैठकमा सोमबार उनले १० किमिको फरकमा पोष्टहरु राख्ने तयारी भइरहेको जानकारी दिए । बैठकमा सांसदहरुले सीमा सुरक्षा कमजोर भएकोबारे सरकारको धारणा राखेका थिए ।

‘हामीले सीमामा ‘काउन्टर इन्टेलिजेन्ट’ परिचालन गर्न लागेका छौँ,’ थापाले भने । भारतसँगको खुला सीमाका कारण कतिपय अवस्थामा सुरक्षा दिन कठिन भएको उनले बताए । पश्चिमी भेगमा तत्काल सुरक्षाकर्मी बढाउने योजना नरहेको उनको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री केपी ओलीको तर्फबाट धारणा राख्दै भूमिसुधार, गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले सुरकारले कुटनीतिक पहल गरी सीमा समस्या समाधान गर्ने बताइन् । ०२५ सालसम्म नेपाल आफैले नक्सा बनाउन नसकेकाले भारतले बनाएको नक्सा प्रयोग हुने गरेको उनको भनाइ छ । हाल नेपालकै नापी विभागले बनाएको नक्सा प्रयोगमा रहेको उनले जानकारी दिइन् । सजिलोका लागि गुगलबाट झिक्दा भारतले बनाएको नक्सा प्रयोग हुने गरेको उनले बताइन् । दुई देशको सहमतिविना सीमाको नकसा परिवर्तन हुन नसक्ने उनको दाबी छ ।
समाचार स्रोत : कान्तिपुर दैनिक

वि.सं.२०७६ कात्तिक २६ मंगलवार ०९:०२ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...